काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको सुरक्षा व्यवस्थामा थप कडाइ गरिएको छ। मन्त्री गुरुङका विरुद्ध सामाजिक सञ्जालमा धम्कीपूर्ण सन्देश प्रवाह हुन थालेपछि थप सुरक्षाकर्मी परिचालन गरिएको हो।
Advertisement
सुरक्षा संवेदनशीलताका कारण मन्त्री गुरुङको निवासदेखि कार्यालय आवतजावतसम्म सुरक्षा घेरो बलियो पारिएको छ। सार्वजनिक कार्यक्रममा पनि उनका वरिपरि सुरक्षाकर्मीको बाक्लो तैनाथी देखिएको छ।