अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतविरुद्धको मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
Advertisement
आयोगले आइतबार कालिकोटको पलाँता गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद कुस्मा विरुद्ध सर्वोच्चमा मुद्दा पुनरावेदन गरेको हो।
कुस्मा लगायत प्रतिवादीहरूलाई साविक थिर्पु गाविस-५ र ६ (हाल पलाँता गाउँपालिका-८) मा थोपा सिँचाइ आयोजना निर्माण गर्दा भएको भन्दा बढी रकम भुक्तानी गरी सरकारी रकम हानी-नोक्सानी गरेको आरोप लागेको छ।