रुकुम पश्चिमको आठविकसकोट नगरपालिका ७ स्थित डाफेमा रहेको जनज्योती आधारभुत विद्यालयको पर्खाल भत्तकिएको छ । अविरल वर्षाका कारण आज राति पर्खाल भत्तकिएको हो ।
Advertisement
१५ मिटर लम्वाईकोे पर्खाल भत्तकिएको प्रधानाध्यापक शसविर बुढाले जानकारी दिए । मुख्यमन्त्री स्वरोजगार कार्यक्रमबाट यसै वर्ष निमार्ण गरिएको पर्खाल १ वर्ष नवित्दै भत्तकिएको बुढाले बताए ।
पर्खाल भत्तकिदा नजिकै रहेको कपिल मल्लको जग्गामा समेत क्षति भएको छ । पठनपाठनमा भने कुनै असर नभएको प्रअ बुढाले बताए ।