• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, फागुन २०, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सिरहा क्षेत्र नं. ३ : नगद सहित जसपा उम्मेदवार पक्राउ ।

भक्तपुरमा कार दुर्घटना: तीनको मृत्यु दुई घाइते ।

ह्वात्तै बढ्यो सुनको मुल्य

साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

मुस्ताङमा दुर्घटनामा परी निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

संसदमा पुगेर जनताका मुद्दा उठाउँछु- उम्मेदवार शर्मा

आज फागु पूर्णिमा अर्थात् होलीः रङ र अबिर दलेर हर्षोल्लासपूर्वक मनाइँदै

हवाई आक्रमणमा इरानी सेना प्रमुख र रक्षा मन्त्रीको पनि मृत्यु भएको पुष्टि

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा एमाले,काँग्रेस र प्रलोपा त्यागेर ३० जना बढीले प्रवेश गरे नेकपामा ।

  • २. आठबिसकोटमा नेपाली काँग्रेसको टोल नै नेकपामा प्रवेश

  • ३. आठबिसकोटमा एमाले परित्याग गरेर २३ जना नेकपामा प्रवेश

  • ४. सानिभेरीमा एमाले-काँग्रेस त्यागेर ११ जना नेकपामा प्रवेश

  • ५. शहिदले आन्दोलनमा बगाएको रगत खेर जान दिनेछैन- गोपाल शर्मा

  • ६. काठमाण्डौ ४ : मुस्कान पौडेललाई यसकारण दिने मत ।

  • ७. मध्यपूर्वमा तनावः खाली गराइयो विश्वकै अग्लो भवन बुर्ज खलिफा

  • ८. खामेनीको मृत्युपछि इरानले दियो इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने धम्की

  • ९. एमाले र रास्वपाबिच झडप, एमालेका दुई कार्यकर्ता घाइते

  • १०. संसदमा पुगेर जनताका मुद्दा उठाउँछु- उम्मेदवार शर्मा

सदरमुकाम मै छैन बसपार्क


  •   बिहिबार, भदौ १९, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिम । दुर्गममा पुगेको यातायातको पहुँचलाई हेर्ने हो भने रुकुम जिल्लालाई राष्ट्रिय सडक संजालमा जोड्ने सल्यान-रुकुम-मुसिकोट सडक खण्ड द्वन्द्वकालमै सुरु भएको थियो । बि स २०६० सालमा जिल्ला सदरमुकाम मुसिकोटमा पहिलोपटक गाडी पुग्यो । तत्कालीन शाही नेपाली सेनाद्वारा केन्द्रीय सरकारको बजेट मार्फत खनिएको यो सडक २२ वर्ष पुरानो भयो । तर अहिले सम्म जिल्लाको सदरमुकाममा व्यवस्थित वसपार्क छैन्। राप्ती राजमार्ग, मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्ने दुई ठुला राजमार्ग यही सदरमुकाम मुसिकोट सँगै जोडिएका छन्। तर यातायातका साधनलाई पार्किङ गर्ने ठाउँ भने छैन्।

    Advertisement

    रुकुम पश्चिमको सदरमुकाम समेत रहेको मुसिकोटमा बढ्दो सवारी चापका कारण पैदल यात्री र सर्वसाधारणको आवतजावतमा समस्या देखिन थालेको छ  अर्कोतिर सडक दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ । सडक छेउमै पार्किङ गरिएका सवारीसाधनका कारण सडक साँघुरो बन्नु र पैदलयात्रुको बढ्दो चापले दिनहुँ दुर्घटनाको जोखिम निम्त्याएको छ । मुसिकोट नगरपालिकाले पार्किङलाई व्यवस्थित बनाउन नसक्दा पैदल यात्रुलाई समेत सास्ती पर्दै आएको छ । नीजी, सार्वजनिक तथा सानाठुला सवारी साधनको व्यवस्थापनका लागि जिल्ला सदरमुकाममा बसपार्क नहुँदा सडक छेउको पार्किङले बजार क्षेत्र कुरुप बनाउँनुका साथै सर्वसाधारणहरुमा समस्या बढाएको छ ।

    बसपार्क नहुँदा जीप तथा वस सञ्चालकहरुले मुसिकोटको पातुखोला , मठ र सल्लेको सडक छेउमा व्यक्तिको जमिनमा भाडा तिरेर पार्किङ गरिरहेको बताउँछन्। स्थानीय सरकारले चासो नदिँदा यातायात व्यवसायीहरु समेत सुरक्षित र व्यवस्थित पार्किङ बाट बञ्चित भएका छन्। आजभन्दा ५ वर्ष पहिले ५२ करोड १२ लाख लागतमा व्यवस्थित भवन सहितको बसपार्क निर्माण गर्ने गरी डीपीआर गरिएको थियो । तर हालसम्म बसपार्क निर्माण भएको छैन्। एक सवारीचालक भन्छन, बसपार्क नहुँदा समस्या भएको छ । सडकको छेउमा खाली रहेको जमिनमा पार्किङ गर्नुपर्छ । त्यहाँ पार्किङ गर्दा न सुरक्षित छ न त निशुल्क तर पनी बाध्यता छ । नगरपालिकाले सल्लेमा पार्किङ गर्न भनेको छ । तर त्यहाँ झन असुरक्षित छ । खुल्ला ठाउँ मात्रै भएर हुँदैन । गाडी पार्किङ गरिएको क्षेत्र कति सुरक्षित छ ? भन्ने कुराले महत्त्व राख्दछ ।

    मुसिकोट नगरपालिकाका अनुसार बसपार्क निर्माणको काम भैरहेको बताइएको छ । तर जिल्लामा यातायात सञ्चालनको दुई दशक बितिसक्दा पनी सदरमुकाम जस्तो ठाउँमा एउटा बसपार्क नहुँदा बजार क्षेत्र कुरुप देखिनुका साथै सवारी दुर्घटनाको जोखिम बढाएको छ ।

    मुसिकोटको बागबजार, त्रीबेनी चोक, तल्लो बजार, शहिदगेट, पातुखोला र सल्लेमा अधिकांश गाडीहरु सडक छेउमै पार्किङ गरिएको हुन्छ । यातायात समितिहरुले पनि जथाभावी टिकट काउन्टर राख्नाले सवारी साधन व्यवस्थापनमा थप चुनौती थपिएको छ । एकिकृत रुपमा टिकट काउन्टरहरु सञ्चालन गरेमा ट्राफिक व्यवस्थापनमा थप टेवा पुग्ने छ । जिल्लाको पार्किङ समस्यालाई अन्त्य गर्न छिट्टै बसपार्क निर्माणको काम शुरु गरिने आश्वासन दिएपनी हालसम्म बसपार्क निर्माण भएको छैन्।

    • बसपार्क
    • रुकुम पश्चिम
    बिहिबार, भदौ १९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सिरहा क्षेत्र नं. ३ : नगद सहित जसपा उम्मेदवार पक्राउ ।
    भक्तपुरमा कार दुर्घटना: तीनको मृत्यु दुई घाइते ।
    ह्वात्तै बढ्यो सुनको मुल्य
    साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण
    मुस्ताङमा दुर्घटनामा परी निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु
    बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

    लोकप्रिय

    • १.
      आठबिसकोटमा एमाले,काँग्रेस र प्रलोपा त्यागेर ३० जना बढीले प्रवेश गरे नेकपामा ।

    • २.
      आठबिसकोटमा नेपाली काँग्रेसको टोल नै नेकपामा प्रवेश

    • ३.
      आठबिसकोटमा एमाले परित्याग गरेर २३ जना नेकपामा प्रवेश

    • ४.
      सानिभेरीमा एमाले-काँग्रेस त्यागेर ११ जना नेकपामा प्रवेश

    • ५.
      शहिदले आन्दोलनमा बगाएको रगत खेर जान दिनेछैन- गोपाल शर्मा

    • ६.
      काठमाण्डौ ४ : मुस्कान पौडेललाई यसकारण दिने मत ।

    भर्खरै

    • १.
      सिरहा क्षेत्र नं. ३ : नगद सहित जसपा उम्मेदवार पक्राउ ।

    • २.
      भक्तपुरमा कार दुर्घटना: तीनको मृत्यु दुई घाइते ।

    • ३.
      ह्वात्तै बढ्यो सुनको मुल्य

    • ४.
      साउदीको रियादस्थित अमेरिकी दूतावासमा ड्रोन आक्रमण

    • ५.
      मुस्ताङमा दुर्घटनामा परी निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

    • ६.
      बढ्यो, आज कतिमा हुदैँछ कारोबार ?

    • ७.
      संसदमा पुगेर जनताका मुद्दा उठाउँछु- उम्मेदवार शर्मा

    • ८.
      आज फागु पूर्णिमा अर्थात् होलीः रङ र अबिर दलेर हर्षोल्लासपूर्वक मनाइँदै

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.