रुकुम पश्चिममा २ दिन देखि नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । जिल्लाको आठबिसकोट नगरपालिकाभर नेपाल टेलिकमको सेवा अवरुद्ध भएको हो ।
Advertisement
सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कमा परेका छन्। दुई दिन देखि लगातार परेको वर्षाका कारण आठबिसकोटको ११ मा रहेको रातामाटा टावर, राडीबजारमा रहेको फोर जि र गोतामकोटमा रहेको टावरमा समस्या आएका कारण टेलिकमको सेवा अवरुद्ध भएको हो ।
फोन नलाग्ने, टावर नदिने जस्ता समस्याका कारण प्रयोगकर्ताले हैरानी खेपिरहेका छन्। टेलिकम कार्यालय सुर्खेतका अनुसार जाजरकोटको रिम्नामा रहेको टावरमा आएको समस्या समाधान भैरहेकोले तत्कालै सेवा सुचारु हुने बताइएको छ ।