रुकुम पुर्वबाट लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन भएको छ । उपचारका क्रममा काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जअन्तर्गत मनमोहन सेन्टरमा शनिबार निधन भएको हो ।
Advertisement
नेकपा एमाले रुकुमपूर्व इन्चार्ज खेममान खड्का का अनुसार
पूर्वीरुकुम को तकसेरा निवासी पुनलाई एक महिना अघि काठमाडौँ लगिएको थियो । अस्पतालमा एकैपटक दुईवटा मेजर अपरेसन गरिएको थियो ।
पुन नेपका एमालेबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रदेश सभा सदस्य चुनिएकी थिइन् ।