हुम्ला सदरमुकाम सिमकोटमा जिप दुर्घटना भएको छ । जिप बुधबार दिउँसो १ बजे जिल्ला सदरमुकाम सिमकोटस्थित काठेचुलीमा दुर्घटना भएको हो ।
Advertisement
लु.प्र-०१-००१ज०२८२ नम्बरको जिप ब्रेक फेल भएर सिमकोट गाउँपालिका-५ का पदम रावतको घरभित्रै छिरेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
सिमकोटबाट सिमकोट तल्लो गाउँतर्फ जाँदै गर्दा गाडीको ब्रेक फेल भएर घरमा ठोक्किन पुगेको हो ।