काठमाडौँ । वैदेशिक रोजगारीको लागि आकर्षक तलबको प्रलोभनमा पारी युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
Advertisement
पक्राउ पर्नेमा पोखरा महानगरपालिका-१४ घर भएका हाल इडियु सर्च नेपाल बानेश्वरका संचालक ललितपुर महालक्ष्मी नगरपालिका-२ मा बस्ने २९ वर्षीय वसन्त कार्की रहेका छन् ।
उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले बिहीबार पक्राउ गरेको हो । प्रहरीका अनुसार वसन्तले युके पठाइदिन्छु भन्दै ८ जना पीडितहरूबाट ४३ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए । सम्पर्कविहीन भएपछि पीडितहरूको दिएको उजुरीको आधारमा पक्राउ गरेको हो ।