शिक्षा विधेयकमा आफूहरूका माग सम्बोधन नभएको भन्दै नेपाल शिक्षक महासंघले चरणवद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।
महासंघले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शिक्षा विधेयकप्रति असन्तुष्टि जनाएको हो। महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार सार्वजनिक गरेको पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत यही भदौ ९ गते प्रधानमन्त्री, शिक्षामन्त्री र राजनीतिक दलका प्रमुख सचेतकलाई ध्यानाकर्षण पत्र बुझाइने छ।
भदौ ११ गतेदेखि २० गतेसम्म केन्द्रमा सबै राजनीतिक पार्टीका कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउने र त्यहीँ दुई घण्टा प्रतिनिधिमूलक धर्ना दिइने उनले बताए।