रुकुम पूर्वको सिस्ने गाउँपालिका–५ बाहुनठाना स्थित कृषि विकास बैंकको आवासमा बैंक प्रबन्धक मृत फेला परेका छन ।
सल्यान को बागचौर नगरपालिका–८ कोटमौला घर भई हाल कृषि विकास बैंक रुकुम पूर्वमा प्रबन्धकको रूपमा कार्यरत ५२ वर्षीय शिवशंकर गिरी शनिबार दिउँसो आफ्नै निवासमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी लालबहादुर विकले जानकारी दिए ।
विकका अनुसार शनिबार दिउँसो करिब २:५० बजे गिरी आवासमै मृत भेटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ ।