मनोहरा खोला किनारका सुकुम्बासी र नगर प्रहरीबीच झडप भएको छ ।
Advertisement
काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले बस्ती भत्काएपछि आक्रोशमा आएका स्थानीय विरोधमा उत्रिएका थिए । त्यस क्रममा सुकुम्बासी र नगर प्रहरीबिच झडप भएको हो ।
वर्षायाममा टहरा भत्काइदिएपछि सुकुम्बासीको बिचल्ली भएको छ । झडपका क्रममा सुकुम्बासीका स्थानीयले महानगर र नेपाल प्रहरी माथि ढुङ्गामुढा प्रहार गरेका छन्।