रुकुम पश्चिम । जिल्लाको चौरजहारी नगरपालिका–१ मा धारिलो हतियार प्रहार बाट दुई जना घाईते भएका छन् । हिजो
Advertisement
बिहिबार बेलुका चौरजहारी नगरपालिका १ का ३० वर्षीय सन्तोष बिक गम्भिर घाइते भएका छन्। त्यस्तै हतियार प्रहारबाट ३५ वर्षीयरिता बुढा पुन पनि घाईते भएको प्रहरीले जनाएको छ ।
वडा नम्वर १ का स्थानीय ३१ वर्षीय युवक अभय सुनारले मादक पदार्थ सेवन गरी धारिलो हतियार प्रहार गर्दा विक र पुन घाईते भएकाहुन् । अभय र सन्तोष बिच वादविवाद हुँदा होटल सञ्चालक रिता बुढा पुन छुट्याउन बिचमा जाँदा उनको हात काटिएको प्रहरीलेजनाएको छ ।
पुनलाई चौरजहारीमा उपचार पछि डिस्चार्ज गरिएको छ भने । अर्का घाइते सन्तोषलाई थप उपचारका लागि नेपालगन्ज रेफर गरिएकोबताईएको छ । मदिरा सेवन पछि विवाद हुँदा सन्तोषलाई अभयले धारिलो हतियार प्रहार गर्दा बाँया हातको नाडी काटिएको जनाईएकोछ ।