• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, चैत ०४, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

राजनीतिमा त्याग, निष्ठा र इमानदारी भन्दा पैसाको प्रभाव बढेको असन्तुष्टि राख्दै ओलिले त्यागे राजनीति

रुकुम पश्चिममा एकजना कैदीको मृत्यु

डोल्पामा बोलेरो जिप दुर्घटना चालकको मृत्यु

चौरजहारीका मेयर वादीले कर्मचारी सँग घुस मागेको भन्दै अख्तियारले तोक्यो १ लाख जरिवाना

इनिशाको शव १० दिनदेखि अस्पतालमै

रुकुममा पार्टीले काँग्रेस नै नभएका व्यापारी लाई टिकट दियो – मान बहादुर नेपाली

नेता मान बहादुर नेपालीले गरे काँग्रेस त्यागेको घोषणा

हावाहुरीको कारण दुईको मृत्यु पाँच घाइते ।

सांसदका लागी सिफारिस गरिएको नेपालीको नाम लिष्ट बाट रातारात गायब?

लोकप्रिय समाचार

  • १. नेता मान बहादुर नेपालीले गरे काँग्रेस त्यागेको घोषणा

  • २. सांसदका लागी सिफारिस गरिएको नेपालीको नाम लिष्ट बाट रातारात गायब?

  • ३. रुकुममा पार्टीले काँग्रेस नै नभएका व्यापारी लाई टिकट दियो – मान बहादुर नेपाली

  • ४. चौरजहारीमा आफ्नै छोराले कुटेर भाँचिदिए बुवाको हातखुट्टा घटना लुकाउन परिवारकै हरप्रयास ।

  • ५. चौरजहारीका मेयर वादीले कर्मचारी सँग घुस मागेको भन्दै अख्तियारले तोक्यो १ लाख जरिवाना

  • ६. कांग्रेसले टुँगो लगायो २० समानुपातिक सांसदहरूको नाम

  • ७. इनिशाको शव १० दिनदेखि अस्पतालमै

  • ८. खलंगाको भाइरल पुलबाट हाम फालेर एकजनाको मृत्यु

  • ९. हावाहुरीको कारण दुईको मृत्यु पाँच घाइते ।

  • १०. इनिशा विक हत्या प्रकरण: दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

सरकारी जागिर छाड्ने बढ्दै

"दुई हजार ८८५ जना कर्मचारीले दिए राजीनामा  "

  •   शुक्रबार, साउन ३०, २०८२ मा प्रकाशित
  • लोक सेवा आयोगको उच्च प्रतिस्पर्धाबाट सेवामा प्रवेश गरेका निजामती कर्मचारीले बिचैमा राजीनामा दिएर जागिर छाड्ने क्रम बढ्दै गएको छ । चार वर्षमा दुई हजार ८८५ जना कर्मचारीले सेवा अवधि बाँकी छँदै राजीनामा दिएका छन् ।

    Advertisement

    राज्यले ठुलो लगानी गरेर तालिम प्रदान गरी समक्ष बनाउँदै गए पनि कर्मचारीले सेवा अवधि बाँकी छँदै राजीनामा दिँदा सरकारलाई भने ठुलो आर्थिक भार पर्ने गरेको छ ।

    कर्मचारीले घरायसी कारण देखाएर राजीनामा दिने गरे पनि पछिल्ला वर्ष सेवा प्रवाह गर्ने क्रममा धेरै तनाव बेहोर्नुपर्ने, त्यसको समाधान खोज्न नसक्ने, कतिपय कर्मचारीले निजामती सेवामा बढ्दै गएको विकृति, कर्मचारीले सेवा प्रवाह गर्ने क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पर्ने उजुरी तथा झमेलाले गर्दा कर्मचारीले बिचैमा जागिर छाड्ने गरेका छन् । त्यस्तै श्रीमान् र श्रीमती दुवै जना सरकारी सेवामा रहँदा श्रीमान् एकातिर श्रीमती अर्कैतिरका कार्यालयमा हुँदा बालबच्चाको विचल्ली हुँदै गएको, कर्मचारीको कमजोर सेवा सुविधा, स्थानीय तहमा जनप्रतिनिधिले जबरजस्ती काम लगाउने प्रवृत्ति बढ्नुलगायत कारणले गर्दा पनि कर्मचारीले सेवा अवधि अगावै जागिर छाड्ने गरेका हुन् ।

    राष्ट्रिय किताबखाना (निजामती) का अनुसार समय नपुग्दै राजीनामा दिने कर्मचारीमा कार्यालय सहयोगी, खरिदार, नायब सुब्बा र अधिकृतदेखि उपसचिवस्तरका छन् । केही सचिवहरूले पेन्सन सुविधा बढी पाउने आशाले सेवा निवृत्त हुनुभन्दा केही दिनअघि राजीनामा दिने गरेका छन् । त्यस्ता कर्मचारीको सङ्ख्या भने अत्यन्तै न्यून रहेको छ ।

    आर्थिक वर्ष २०८१/८२ मा ५९८ जना कर्मचारीले पदबाट राजीनामा दिए भने आर्थिक वर्ष २०८०/८१ मा ७१४, २०७९/८० मा ८०४ जना र २०७८/७९ मा ७६९ जना कर्मचारीले सेवा अवधि बाँकी छँदै राजीनामा दिएको किताबखानाको तथ्याङ्कमा उल्लेख छ ।

    राष्ट्रिय किताबखाना (निजामती) का महादिर्नेशक श्रवणकुुमार पोखरेलले कतिपय कर्मचारीले किताबखानामा निवेदन दिँदा घरायसी र यहाँको भन्दा अन्य क्षेत्रमा राम्रो अवसर पाएकाले कर्मचारीले राजीनामा दिएको कारण देखाउने गरेको बताउनुभयो । चार वर्षको राजीनामा दिने कर्मचारीको औसत विश्लेषण गर्दा वार्षिक रूपमा सात सयदेखि नौ सय कर्मचारीले बिचैमा राजीनामा दिने गरेका छन् ।  यो सङ्ख्या धेरै हो ।  पोखरेलले भन्नुभयो, “ठुलो लगानी गरेर दक्ष र परिपक्व बनाएका कर्मचारीले बिचैमा जागिर छोड्दा राज्यलाई भने आर्थिक दायित्व बढ्दै गएको छ । यसको खोजी सरकारले गर्नु पर्छ ।”

    सरकारले दक्ष जनशक्तिलाई जति लामो समयसम्म सेवामा नै उपयोग गर्न सक्यो, त्यति नै सरकारलाई खर्चको भार कम हुन्छ । अहिले औसत सरदर आयु वृद्धि भएको अवस्थामा राज्यको आर्थिक भार कम गर्न कर्मचारीको अवकाशको उमेर हद साबिकको ५८ वर्षबाट ६० वर्ष बनाउनका लागि सङ्घीय निजामती सेवा विधेयकमा प्रस्ताव गरिएको छ । यस्तो अवस्थामा कतिपय कर्मचारीले बिचैमा जागिर छोड्दा नयाँ कर्मचारी नियुक्त गर्न, ती कर्मचारीलाई परिपक्व बनाउन र पेन्सन भएपछि जागिर छोडेका कर्मचारीलाई पेन्सन दिनुपर्नेलगायत कारणले गर्दा राज्यलाई आर्थिक भार थपिँदै गएको किताबखानाले जनाएको छ ।

    ‘सरकार गम्भीर हुनु पर्छ’ 

    नेपाल सरकारका पूर्वसचिव सुरेश अधिकारीले कतिपय कर्मचारीले सेवा अवधि र सेवाबाट अवकाश भइसकेपछि पनि विभिन्न झमेलामा पर्नुभन्दा बिचैमा जागिर छोड्ने गरेको बताउनुभयो । अधिकांश कर्मचारीले चाहिँ एउटा तहबाट अर्को तहमा पुनः नाम निकालेपछि बिचैमा जागिर छोड्ने गरेको, कतिपय कर्मचारी डिभी परेर विदेश गएको, कतिपय कर्मचारी अध्ययनका क्रमममा विदेश गएको र उतै बस्ने गरेको लगायत कारणले बिचैमा जागिर छाड्ने देखिएको छ ।

    नेपाल सरकारका अर्का पूर्वसचिव डा. योगेन्द्र कार्कीले किताबखानाले निजामती कर्मचारीले सेवा अवधि बाँकी रहँदै किन जागिर छाड्छन् भन्ने विषयमा सरकारले गम्भीर भएर खोजी गर्नुपर्ने बताउनुभयो ।

    उहाँले भन्नुभयो, “श्रीमान् श्रीमती दुवै निजामती कर्मचारी भएको अवस्थामा नियमित सेवामा रहन पारिवारिक अप्ठ्यारो परेर कतिपय कर्मचारीले बिचैमा जागिर छोड्ने गरेको तर अन्य कर्मचारीले भने हालको भन्दा राम्रो अवसर पाएर बिचैमा जागिर छाड्ने गरेका छन् ।यो खबर आजको गोरखपत्र दैनिकमा छ ।

    • सरकारी जागिर छोड्दै
    शुक्रबार, साउन ३०, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    राजनीतिमा त्याग, निष्ठा र इमानदारी भन्दा पैसाको प्रभाव बढेको असन्तुष्टि राख्दै ओलिले त्यागे राजनीति
    रुकुम पश्चिममा एकजना कैदीको मृत्यु
    डोल्पामा बोलेरो जिप दुर्घटना चालकको मृत्यु
    चौरजहारीका मेयर वादीले कर्मचारी सँग घुस मागेको भन्दै अख्तियारले तोक्यो १ लाख जरिवाना
    इनिशाको शव १० दिनदेखि अस्पतालमै
    रुकुममा पार्टीले काँग्रेस नै नभएका व्यापारी लाई टिकट दियो – मान बहादुर नेपाली

    लोकप्रिय

    • १.
      नेता मान बहादुर नेपालीले गरे काँग्रेस त्यागेको घोषणा

    • २.
      सांसदका लागी सिफारिस गरिएको नेपालीको नाम लिष्ट बाट रातारात गायब?

    • ३.
      रुकुममा पार्टीले काँग्रेस नै नभएका व्यापारी लाई टिकट दियो – मान बहादुर नेपाली

    • ४.
      चौरजहारीमा आफ्नै छोराले कुटेर भाँचिदिए बुवाको हातखुट्टा घटना लुकाउन परिवारकै हरप्रयास ।

    • ५.
      चौरजहारीका मेयर वादीले कर्मचारी सँग घुस मागेको भन्दै अख्तियारले तोक्यो १ लाख जरिवाना

    • ६.
      कांग्रेसले टुँगो लगायो २० समानुपातिक सांसदहरूको नाम

    भर्खरै

    • १.
      राजनीतिमा त्याग, निष्ठा र इमानदारी भन्दा पैसाको प्रभाव बढेको असन्तुष्टि राख्दै ओलिले त्यागे राजनीति

    • २.
      रुकुम पश्चिममा एकजना कैदीको मृत्यु

    • ३.
      डोल्पामा बोलेरो जिप दुर्घटना चालकको मृत्यु

    • ४.
      चौरजहारीका मेयर वादीले कर्मचारी सँग घुस मागेको भन्दै अख्तियारले तोक्यो १ लाख जरिवाना

    • ५.
      इनिशाको शव १० दिनदेखि अस्पतालमै

    • ६.
      रुकुममा पार्टीले काँग्रेस नै नभएका व्यापारी लाई टिकट दियो – मान बहादुर नेपाली

    • ७.
      नेता मान बहादुर नेपालीले गरे काँग्रेस त्यागेको घोषणा

    • ८.
      हावाहुरीको कारण दुईको मृत्यु पाँच घाइते ।

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.