रुकुम पश्चिम । जिल्लाको आठबिसकोट नगरपालिका –११ का वडा सदस्य तथा नेपाली काँग्रेसका क्षेत्रीय सभापति राम बहादुर चन्दलेआफ्नो स्वर्गीय छोराको जन्म जयन्तीको अवसरमा बिधालयलाई डेस्क बेन्च सहित शैक्षिक सामग्री हस्तान्तरण गरेका छन्। वडा नम्वर ११स्थित दलित जनविकास आधारभूत बिधालयलाई ४२ थान डेस्क बेन्च सहित शैक्षिक सामग्री प्रदान गरिएको हो ।
गत असार ३० गत चन्दका छोरा शिशिर चन्दको जाजरकोटको नलगाड–७ स्थित बिजुलीको पोलमा करेन्ट लागेर १९ वर्षको उमेरमा मृत्यु भएको थियो । उनको जन्म दिनको अवसर पारेर बुवा राम बहादुर चन्दले २ लाख २ हजार रुपैयाँको डेस्क, बेन्च र शैक्षिक सामग्रीउपलब्ध गराएको बिधालयका प्रधानाध्यापक जङ्ग बहादुर बिकले जानकारी दिए। विकका अनुसार यस अघि बिधालयमा बिधार्थी बस्नको लागि समेत डेस्क बेन्च नभएको हुँदा अब बिधार्थीलाई सहज हुने बताए ।
बिधालयमा शैक्षिक सामग्री हस्तान्तरण पछि भूइमा बसेर अध्ययनरत छात्रछात्रालाई सजिलो हुने भएको छ ।
उक्त सामग्री हस्तान्तरण कार्यक्रममा वडा नम्वर ११ का अध्यक्ष प्रेम बहादुर पुन, विव्यस अध्यक्ष मदन कुमार नेपाली , नेपाली काँग्रेसकाजिल्ला सचिव तारक बहादुर शाही, स्वर्गीय चन्दको आमा बुवा सहित अन्य समाजसेवी एवम् बिधार्थीको सहभागिता रहेको थियो ।