• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, भदौ १६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

आज यी ठाउँमा हुँदै छ भारी वर्षा

बाढीपीडितका लागि कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने

लोकप्रिय समाचार

  • १. चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

  • २. रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

  • ३. रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

  • ४. पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

  • ५. यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

  • ६. चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

  • ७. शवको तस्बिर हेरेर पहिचान गर्न ‘डिस्प्ले बोर्ड’, दुई जनाको पहिचान

  • ८. रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

  • ९. नेपाललाई चीनको सहायता : राजदूत झाङ माओमिङ आफैले गरे आपतकालीन राहत सामग्री हस्तान्तरण

  • १०. रसुवा बाढी : आठबिसकोट–५ द्वारा ५० हजार रुपैयाँ सहयोग

जलगदुल्ला जलविद्युत् आयोजनाको निर्माण प्रक्रिया अघि बढ्यो, ठेक्का सम्झौतामा हस्ताक्षर


  •   बुधबार, साउन २८, २०८२ मा प्रकाशित
  • काठमाडौं । कर्णाली प्रदेशको आर्थिक विकास र समृद्धिका लागि महत्वपूर्ण मानिएको जगदुल्ला जलविद्युत् आयोजना निर्माण प्रक्रिया अब भने अगाडि बढ्ने भएको छ । बोलपत्र प्रक्रियामा रहेको उल्झन तथा अनेकन विवादका कारण तोकिएको भन्दा ठीक एक बर्ष ढिला गरेर आयोजनाको प्रवद्र्धक कम्पनी र निर्माण व्यवसायीबीच निर्माणसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर भएको छ ।

    Advertisement

    कूल १०६ मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि निर्माण व्यवसायीसँग सम्झौता भए लगत्तै मार्ग प्रशस्त भएको प्रवद्र्धक कम्पनी जगदुल्ला हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सञ्जय सापकोटाले जानकारी दिए । उनले जगदुल्ला हाइड्रोपावर र जेसीई/एएनके जेभीबीच निर्माणसम्बन्धी सम्झौता भएको जानकारी दिए ।

    प्रवद्र्धक कम्पनी र जेसीई/एएनके जेभीबीच रु १२ अर्ब १८ करोड बराबरको निर्माण सम्झौता भएको उनले उल्लेख गरे । प्रवद्र्धक कम्पनीले २०८१ जेठ २० गते सिभिल र हाइड्रोमेकानिकल संरचना निर्माणका बोलपत्रको सूचना प्रकाशित गरेको थियो । सो सूचनामा विभिन्न सात कम्पनीले प्रारम्भिक प्रस्ताव दर्ता गरेको भएपनि कुनै कम्पनी छनोट हुन सकेको थिएन ।

    दोस्रो पटकको सूचनामा दुई कम्पनी ग्राह्य भएका थिए । त्यसमध्ये सबैभन्दा कम बोलपत्र प्रस्ताव गर्ने जेसीईरएएनके जेभी योग्य भएको हो । यो आयोजना निर्माणका लागि २०८१ जेठमा नै वित्तीय व्यवस्थापन भएको थियो । सो आयोजनाका नबिल बैंकको नेतृत्वमा सहवित्तीयकरणसम्बन्धी सम्झौता भएको थियो । सम्भौताअनुसार, नबिल बैंकले रु चार अर्ब ४० करोड लगानी गर्ने भएको छ ।

    यस्तै, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल), कर्मचारी सञ्चयकोष, लक्ष्मी सनराइज र एभरेष्ट बैंकले लगानी गर्ने छन् । आयोजनामा एचआइडीसीएल र कर्मचारी सञ्चय कोषले समान रु चाररचार अर्ब लगानी गर्ने छन् । यस्तै, लक्ष्मी सनराइज बैंकले रु दुई अर्ब र एभरेष्ट बैंकले रु एक अर्ब ५० करोड बराबर लगानी गर्नेछ ।

    आयोजना निर्माणका लागि रु २३ अर्ब बराबर लाग्ने अनुमान छ । त्यसमध्ये रु १६ अर्ब ऋण र रु सात अर्ब भने स्वपूँजीबाट जुटाइएको प्रमुख कार्यकारी अधिकृत सापकोटाले जानकारी दिए ।

    निर्माण सुरु भएको पाँच वर्षमा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको सो आयोजनामा कर्णली प्रदेश सरकारको समेत लगानी छ । सोही कम्पनीले १२० मेगावाट जगदुल्ला ‘ए’ जलविद्युत् आयोजना समेत निर्माण गर्न लागेको छ ।

    नेपाल सरकारको अधिकांश स्वामित्वमा रहेको जगदुल्ला नेपालको पानी जनताको लगानी भन्ने मूल नाराका साथ स्थापना भएको हो । आयोजना स्थल नेपालगञ्जबाट २३८ किलोमिटर टाढा रहेको छ । आयोजनाको बाँधस्थल जगदुल्ला गाउँपालिकाको हुरीकोटमा पर्दछ । जहाँ २३ मिटर अग्लो र ३८ मिटर लामो ब्यारेजको प्रस्ताव गरिएको छ । आयोजनाको क्याचमेन्ट एरिया छ सय ३३ दशमलव ८३ वर्ग किलोमिटर रहेको छ ।

    यस आयोजनाको विद्युत् गृह मुड्केचुला गाउँपालिकाको इल ४ मा भूमिगत रहनेगरी डिजाइन गरिएको छ । जसको लम्बाई ७७ दशमलव ८० मिटर, चौडाई १४ मिटर, मोटाई ३३ दशमलव ४५ मिटर रहनेछ । त्यहाँ ३५ दशमलव पाँच मेगावाट क्षमताको तीन वटा भर्टिकल एक्सिस पेल्टन टर्बाइन रहनेछ ।

    विद्युत् उत्पादन गरिसकेपछि पानीलाई तीन सय ३० मिटर लामो पाँच मिटर चौडाई र पाँच मिटर अग्लो टेलरेसमार्फत पुनः जगदुल्ला नदीमा नै पठाइनेछ । उत्पादित विद्युत्लाई एक सय ३२ केभी क्षमताको प्रसारण लाइनमार्फत प्रस्तावित बाफीकोट सवस्टेशनमा जोड्ने गरी डिजाइन गरिएको छ ।

    कम्पनीले आयोजना सर्वेक्षण, निर्माण, उत्पादन, सञ्चालन र व्यवस्थापन गर्नेछ । कम्पनीको अधिकृत पुँजी रु आठ अर्ब रहेको छ भने कम्पनीको तत्काल जारी पुँजी रु सात अर्ब १० करोड छ ।

    कम्पनीको संस्थापक शेयरधनीका रुपमा विद्युत् उत्पादन कम्पनीको २६ प्रतिशत, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको १० प्रतिशत, नेपाल विद्युत् प्राधिकरणको नौ प्रतिशत, कर्णाली प्रदेश सरकारको पाँच प्रतिशत, स्थानीय तह जगदुल्ला र मुड्केचुला गाउँपाकिाको एक प्रतिशत रहेको छ ।

    हालसम्म कर्णाली प्रदेशमा कुनै पनि ठूला आयोजना निर्माणको चरणमा प्रवेश नगरेको अवस्थामा जगदुल्ला निर्माणको चरणमा प्रवेश गर्न लागेको हो । आयोजनाले २०७४ असार १८ गते विद्युत् उत्पादनको सर्वेक्षणपत्र प्राप्त गरेको थियो । विद्युत् प्रसारण लाइनको सर्वेक्षण अनुमतिपत्र २०७६ पुस १६ गते प्राप्त गरेको थियो । आयोजनाबाट उत्पादित बिजुली खरिद बिक्रीसम्बन्धी सम्झौतामा २०८० वैशाख २७ गते हस्ताक्षर भएको हो ।

    आयोजनाले ६२३ दशमलव ३२ गिगावाट प्रतिघण्टा बराबरको ऊर्जा उत्पादन गर्छ । आयोजनाको सम्पूर्ण अध्ययन तथा डिजाइनको काम प्राधिकरणकोे सहायक कम्पनी एनइए इन्जिनियरिङ कम्पनीले गरेको हो । यसकारण पनि आयोजना स्वदेशी प्रविधि र लगानीमा निर्माण हुन लागेको हो ।

    बुधबार, साउन २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?
    नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला
    कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै
    रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता
    सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?
    रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

    लोकप्रिय

    • १.
      चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

    • २.
      रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

    • ३.
      रसुवामा भिषण बाढी : ड्युटीमा खटिएका इन्स्पेक्टरसहित ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    • ४.
      पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

    • ५.
      यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

    • ६.
      चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

    भर्खरै

    • १.
      निरन्तर घट्यो सुनको मूल्य आज कतिमा हुँदै छ कारोबार ?

    • २.
      नुवाकोटको बेत्रावतीमा बाढीको बितण्डा : : एउटै घरबाट २४ जनाको शव फेला

    • ३.
      कृष्णभिरमा सडक अवरुद्ध : राजधानी बाहिरै ग्यास भरिँदै

    • ४.
      रसुवागढी जलविद्युत् केन्द्रका प्रमुखसहित ९३ जना बेपत्ता

    • ५.
      सुनको मुल्यमा लगातार गिरावट, आज कतिमा हुँदै छ कारोबार ?

    • ६.
      रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

    • ७.
      पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

    • ८.
      आज यी ठाउँमा हुँदै छ भारी वर्षा

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.