जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । जाजरकोटको भेरि नगरपालिका १ स्थित कल्ले खोलामा गए राति १बजे एम्बुलेन्स दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।
Advertisement
जाजरकोटको भेरी नगरपालिका–१ डौंरीकाँडाका २७ वर्षीय शुनिल चनाराको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । भे १ च२२४७ नम्बरको एम्बुलेन्स बिरामी लिएर गएको गए राति दुर्घटना भएको हो ।