काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले विभिन्न पूर्वमाओवादी घटकहरूसँग पार्टी एकताबारे छलफल जारी रहेको जनाएको छ ।
Advertisement
तर, पूर्वप्रधानमन्त्री तथा माओवादी पृष्ठभूमिका डा.बाबुराम भट्टराई नेतृत्वको दलसँग भने कुनै तयारी वा छलफल नभएको प्रवक्ता अग्नि सापकोटाले स्पष्ट पारेका छन् ।
शुक्रबार पार्टीको स्थायी समिति बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै सापकोटाले समाजवादी मोर्चामा रहेका दलहरूसँगको एकता प्रयास सकारात्मक रूपमा अगाडि बढिरहेको जानकारी दिए ।
उनका अनुसार नेत्रविक्रम चन्द ‘विप्लव’ समूह र नेकपा (एकीकृत समाजवादी)सँगको संवाद पनि सकारात्मक दिशातर्फ अघि बढिरहेको छ ।
‘डा.भट्टराईले अब आफू कम्युनिस्ट होइन भन्नु भएकोले उहाँसँग एकताको कुनै छलफल छैन,’ सापकोटाले भने ।