• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, असार ३१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

गणेश नेपाली प्रकरणमा रवि किरण हमाल: “जनविश्वास गुमाउने सरकारले बहुमत राख्न सक्छ, तर नैतिक वैधता गुमाउँछ”

फेरी अर्का युवाले गरे आत्मदाहको प्रयास ,अवस्था गम्भीर

देशभर जम्मा ५० प्रतिशत मात्रै धान रोपाई

आज यी ठाउँमा हुने छ भारी वर्षा

निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?

पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

आज पनि घट्यो सुनको मुल्य

आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

लोकप्रिय समाचार

  • १. गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति सांसद शर्माको आपत्ति

  • २. शिक्षा अधिकृतमाथि जनप्रतिनिधिले कालो मोबिल खनाएर दुर्व्यवहार गरे

  • ३. राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास

  • ४. अस्थायी टहरामा पहिरो पस्दा एक जनाको मृत्यु, दुई घाइते

  • ५. नक्कली प्रहरी बनेर सर्वसाधारणलाई धम्की दिने एक जना पक्राउ

  • ६. आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

  • ७. राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गर्ने व्यक्ति मुगुका भएको खुल्यो

  • ८. दुर्गा प्रसाई फेरी पक्राउ

  • ९. ट्राफिक नियम उलंघन गर्ने लाई ५० हजार जरिवाना गर्नु पर्छ भन्ने अभिव्यक्ति विवादमा परेपछि महावीरले मागे माफी, गरे एक वर्ष अन्तरवार्ता नदिने घोषणा

  • १०. आज यी ठाउँमा भारी वर्षा हुने

खानेपानीको चरम अभाव: नेपाली सेनाद्वारा वीरगञ्जमा पानी वितरण


  •   सोमबार, साउन १२, २०८२ मा प्रकाशित
  • पर्सा । वीरगञ्ज महानगरसहित पर्सा जिल्लामा खानेपानीको हाहाकार भएसँगै नेपाली सेनाको श्रीजङ्ग गणले दैनिक औसतमा एक लाख लिटर खानेपानी ट्याङ्करमार्फत वितरण गर्दै आइरहेको छ ।

    Advertisement

    मधेस प्रदेश सरकारले पठाएको खानेपानीको ट्याङ्करबाट सेनाले खानेपानीको चर्को अभाव झेलेका बस्तीमा दिनको तीनपटक खानेपानी वितरण गर्दै आइरहेको हो । श्रीजङ्ग गणका गणपति तथा प्रमुख सेनानी लोकेन्द्र कार्कीले दैनिक छ ट्याङ्करमार्फत औसतमा एक लाख लिटर खानेपानी वितरण गर्दै आइरहेको जानकारी दिए ।

    ‘‘पानीको चर्को अभाव भोगेका सर्वसाधारणलाई लक्षित गरेर दिनको तीनपटक ट्याङ्करबाट पानी वितरण गर्दै आइरहेका छौँ,’’ उनले भने,‘‘महानगरका विभिन्न वडा र पर्साका अन्य पालिकामा पनि पानी वितरणको काम भइरहेको छ ।’’

    वीरगञ्ज महानगरसहित आसपासका पालिकामा देखिएको खानेपानीको अभाव र सङ्कटलाई न्यूनीकरण गर्न मधेस प्रदेश सरकार, जिल्ला विपद् व्यवस्थापन समिति, स्थानीय तह, खानेपानी संस्थान शाखा कार्यालय वीरगञ्ज र नेपाली सेनाको समन्वयमा आवश्यकता अनुसार ट्याङ्करबाट पानी वितरण गर्दै हुँदै आइरहेको छ ।

    पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पानीको चर्को अभाव झेलेका सर्वसाधारणलाई ट्याङ्करबाट वितरण गरेको पानीले धेरै हदसम्म राहतको महसुस गरेको बताए । उनले भने, ‘‘वीरगञ्ज महानगरका विभिन्न वडाबाट सर्वसाधारणले पानीको अभाव भयो भन्दै दिनरात नभनिकन फोन गर्नुहुन्छ । हामीले आवश्यकताको आधारमा ट्याङ्करबाट पानी वितरण गर्दै आइरहेका छौँ ।’’

    गत साउन १ गतेदेखि नै यहाँ खानेपानी ट्याङ्करमार्फत वितरण हुँदै आइरहेको छ । जिल्ला प्रशासन कार्यालयले गत साउन ५ गतेदेखि भने खानेपानीको अभाव भएका ठाउँमा तालिका नै बनाएर खानेपानी वितरण गर्दै आइरहेको छ ।

    नेपाली सेनाले वीरगञ्ज महानगर–१ छपकैया, वीरगञ्ज महानगर १ गायत्री टोल, शिक्षा कार्यालय पछाडि, वीरगञ्ज महानगर वडा नं ११ राधेमाई, श्रीपुर, वीरगञ्ज महानगर १४ बहुअरीचोक, वीरगञ्ज महानगर १५ भिष्वा, राधेराधे कलोनी, वीरगञ्ज महानगर २४ रामगढवा, महानगर २६ सुगौली विर्ता, हुसनजहान चोक लगायतका स्थानमा बिहान ७ बजे, दिउँसो २ बजे र साँझ ६ बजे तीन पटक ट्याङ्करबाट पानी वितरण हुँदै आइरहेको छ ।

    त्यस्तै गरी पर्साको बहुदरमाई नगरपालिका–१ विश्रामपुर, दक्षिणटोल पनि दिनको दुई पटक १० बजे र दिउँसो ४ बजे ट्याङ्करबाट खानेपानी वितरण हुँदै आइरहेको छ । पर्साका प्रजिअ अर्यालले खानेपानीको समस्या न्यूनीकरण नहुँदासम्म ट्याङ्करबाट खानेपानी वितरण कार्य जारी रहने जानकारी दिए । रासस

    • खानेपानीको अभाव
    सोमबार, साउन १२, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गणेश नेपाली प्रकरणमा रवि किरण हमाल: “जनविश्वास गुमाउने सरकारले बहुमत राख्न सक्छ, तर नैतिक वैधता गुमाउँछ”
    फेरी अर्का युवाले गरे आत्मदाहको प्रयास ,अवस्था गम्भीर
    देशभर जम्मा ५० प्रतिशत मात्रै धान रोपाई
    आज यी ठाउँमा हुने छ भारी वर्षा
    निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज
    सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?

    लोकप्रिय

    • १.
      गृहमन्त्री गुरुङको अभिव्यक्तिप्रति सांसद शर्माको आपत्ति

    • २.
      शिक्षा अधिकृतमाथि जनप्रतिनिधिले कालो मोबिल खनाएर दुर्व्यवहार गरे

    • ३.
      राहदानी विभाग अगाडि एक व्यक्तिले गरे आत्मदाह प्रयास

    • ४.
      अस्थायी टहरामा पहिरो पस्दा एक जनाको मृत्यु, दुई घाइते

    • ५.
      नक्कली प्रहरी बनेर सर्वसाधारणलाई धम्की दिने एक जना पक्राउ

    • ६.
      आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

    भर्खरै

    • १.
      गणेश नेपाली प्रकरणमा रवि किरण हमाल: “जनविश्वास गुमाउने सरकारले बहुमत राख्न सक्छ, तर नैतिक वैधता गुमाउँछ”

    • २.
      फेरी अर्का युवाले गरे आत्मदाहको प्रयास ,अवस्था गम्भीर

    • ३.
      देशभर जम्मा ५० प्रतिशत मात्रै धान रोपाई

    • ४.
      आज यी ठाउँमा हुने छ भारी वर्षा

    • ५.
      निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय सर्वोच्चद्वारा खारेज

    • ६.
      सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?

    • ७.
      पहिरोका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

    • ८.
      आज पनि घट्यो सुनको मुल्य

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.