रुकुम पश्चिम । जिल्लाको मुसिकोट नगरपालिका -१२ की अस्मिता रावल केसीलाई हेलिकप्टर बाट उद्धार गरिएको छ ।
Advertisement
अत्यधिक रक्तस्राव भएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी थप उपचारको लागि उनलाई प्रादेशिक अस्पताल सुर्खेत लगिएको हो ।
जिल्ला अस्पताल सल्लेका अनुसार उनको पाठेघरको नलीमा बच्चा बसेको र उक्त नली फुटेपछि जिल्ला अस्पतालमा अप्रेसन भएको थियो ।
तर अत्यधिक रक्तस्राव भएपछि हेलिकप्टरबाट प्रादेशिक अस्पताल सुर्खेत पठाइएको अस्पतालले बताएको छ ।