रुकुम पश्चिममा गत आर्थिक वर्षमा सवारी साधन दुर्घटनाबाट १२ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार अघिल्लो वर्ष २३ जनाको ज्यान गएको मा गत वर्ष भने दुर्घटना दोब्बर घटेको बताईएको छ । अघिल्लो आर्थिक वर्ष भन्दा गत आर्थिक वर्ष झन्डै दोब्बरले दुर्घटना घटेको हो ।
Advertisement
सवारी चालकलाई ट्राफिक सचेतना कक्ष र बजार क्षेत्रमा व्यवस्थित ट्राफिक व्यवस्थापनका कारण दुर्घटनामा कमि आएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिममा प्रहरी प्रमुख प्रमेश बिष्टले जानकारी दिए ।
प्रहरीको तथ्याङ अनुसार मृत्युदर र घाइते हुनेको सङ्ख्या सुधार भएको हो । आर्थिक वर्ष २०८०/०८१ मा रुकुम पश्चिममा सवारी साधन दुर्घटनाबाट जिल्लामा मृत्यु हुनेको सङ्ख्या २३ रहेकामा बितेको पछिल्लो वर्ष भने १२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।