नेपाली महिला फुटबलरले आज शक्तिशाली मानिएको बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछन् । नेपाली यू–२० महिला फुटबल टोली साफ यू–२० महिला च्याम्पियनसिपको उपाधि लागि आज बंगलादेशसँग भिडन लागेका हो । यस प्रतियोगिताको अन्तिम खेल आज ढाकास्थित बसुन्धरा किंग्स एरेनामा हुदैँछ । सो खेल साँझ ६ः४५ बजेवाट सुरू हुनेछ ।
Advertisement
हालसम्म बंगलादेशले सबै ५ खेलमा जीत हासिल गरेर १५ अंकसहित शीर्ष स्थानमा रहेको छ भने नेपालले ४ जित र १ हारसहित १२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ। सो क्रममा नेपाली महिला टोलीले लामो र फरक अन्तरले भुटान र श्रीलंकालाई दुई–दुई खेलमा पराजित गरे पनि तर आज पुनः प्रतिस्पर्धमा उत्रन लागेको बंगलादेशसँग भने पराजित हुन बिवश भएको थियो ।