हँसिया प्रहार गरेर डडेल्धुरामा श्रीमानले श्रीमतीको हत्या गरेका छन्। जिल्लाको गन्यापधुरा गाउँपालिका ३ डिलका ५४ वर्षीय करन भुलले आफ्नै श्रीमती ४० वर्षीय खिमा देबी भुलको हँसिया प्रहार गरेर हत्या गरेका हुन्।
Advertisement
जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार उनी बिहीबार हत्या गरेर फरार भएका थिए। भाग्दै गरेको अवस्थामा शुक्रबार भुललाई पक्राउ गरिएको हो ।