कविता
Advertisement
मेरो गोतामकोट
यदि आएछौ,भने तिमि
मेरो गोतामकोट
ठूलीभेरीको चिसो पानीले
प्यास मेटाउदै ।
आत्रय ऋषी र मालिका मन्दिरको
दर्शन गराउदै ।
सम्पे पातलको साक्षात्कार संगै
गोताकोटको शिरबाट झरेको
नौधारीको निर्झर पानीमा
डुबुल्की मारेर ।
उकाल्नेछु नयाँ डाडा
पठाउने छु चित्रालेखिको चित्रीपाटन
अनि,चिनाउने छु ।
ओलीहरूको कुलदेवताको उत्पति र
गौतमहरूको पुर्खेउली थलो ।
यदि आएछौ भने तिमी
मेरो गोतामकोटमा
स्वागत गर्नलाई तम्तयार छन् ।
मेरा गोतामबासीहरू
बुकीफूल टिपेर
सजाई दिनेछन् शिरमा ।
सुघाई दिनेछन् ।
कस्तुरी मृगको मगमग बासना ।
देखाई दिनेछन् ।
सिस्ने हिमालको शिर
त्यसैले,
आउनुहोस् गोतामकोट
भेटाउनुहोस् । आफ्नो पुर्खेउली थलो ।
चिन्नुहोस् । चित्रालेखीको चित्रीपाटन ।
तेजबहादुर मल्ल
आठविसकोट नगरपालिका-९ रूकुम पश्चिम