सिरहाको कल्याणपुर नगरपालिकाका नगर प्रमुख रामपुकार साह घुस सहित रंगे हात पक्राउ परेका छन्।
Advertisement
सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिइरहेको अवस्थामा प्रमुख साह लाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबास कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो।
सेवाग्राही सँग एक लाख रुपैयाँ घुस लिइरहेको सूचना प्राप्त भएपछि अनुसन्धान आयोगको टोलीले साहलाई मंगलबार कल्याणपुर नगरपालिका कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको हो।
नेकपा (एमाले) बाट निर्वाचित नगरप्रमुख साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि बर्दिबासस्थित आयोगको कार्यालयमा लगिएको बताईएको छ ।