रुकुम पश्चिम । जिल्लाको आठबिसकोट नगरपालिकामा हेलिकप्टरबाट नवजात शिशु सहित आमाको उद्धार गरिएको छ । आठबिसकोट नगरपालिका-४ गोतामकोटकी २२ वर्षिया अर्चना विक र बच्चा सहित आठबिसकोट बाट उद्धार गरिएको हो ।
३० गते बिहान ११ बजेतिर जन्मेको बच्चाको श्वासप्रश्वास सम्बन्धि समस्या भएपछी थप उपचारको लागि हेलि मार्फत सुर्खेत स्थित प्रादेशिक अस्पतालमा रेफर गरिएको आठबिसकोट नगर अस्पतालका डाक्टर प्राग जिके सुवेदीले जानकारी दिए ।
आठबिसकोट नगर अस्पतालमा पनि उपचार सम्भव नभएपछि छोरा र आमा को उद्धार गरी सुर्खेत पठाइएको आठबिसकोटका नगरउपप्रमुख धन कुमारी शाहीले जानकारी दिइन । पालिकाको सिफारिसमा जिल्ला प्रशासन कार्यालय मार्फत राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टर मार्फत उनको उद्धार गरिएको उपप्रमुख शाहीले बताईन्।
दुई हप्त्ता भित्र तीन पटक हेलि मार्फत आठबिसकोट बाट सुत्केरी महिला, गर्भवती र नवजात शिशु सहित उद्धार गरिएको नगरपालिकाले जनाएको छ । 