• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, भदौ १७, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

एलपी ग्यास अभावको जोखिम बढेपछि उपत्यकामा दैनिक २ सय ट्रक परिचालन

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न ओली धादिङ तर्फ लागे

भोटेकोशी बाढी : १ हजार १२७ शव फेला, ४ हजार ८५८ बेपत्ताको खोजी जारी

बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

आज यी ठाउँमा हुने छ भारी वर्षा

भोटेकोशी बाढीः पोखरामा २१ शवको सनाखत

चलचित्र “हितको माया”को विशेष प्रदर्शन सम्पन्न

रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

लोकप्रिय समाचार

  • १. चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

  • २. रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

  • ३. यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

  • ४. रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

  • ५. पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

  • ६. रसुवा बाढीपछि १२ रुकुमेली सम्पर्कविहीन, सांसद शर्मा भन्छन् ‘खोजी र उद्धारमा जुटेका छौं’

  • ७. चितवनबाट शव ल्याउन सक्नु भएको छैन : यो नम्वरमा फोन गर्नुहोस

  • ८. रसुवा बाढी :एउटै शवमा तीन परिवारको दाबी

  • ९. रसुवा बाढी : कर्णालीका १३४ जना सम्पर्क बिहिन

  • १०. रसुवा बाढी पीडितका लागि कोशी उद्योग वाणिज्य महासंघ अध्यक्ष राउतले दिए ११ लाख

सिद्धबाबा सुरुङमार्ग : भौतिक प्रगति ५७ प्रतिशत


  •   मङ्गलबार, असार ३१, २०८२ मा प्रकाशित
  • तानसेन(पाल्पा) । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम अहिले तीव्र गतिमा भइरहेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको हो ।

    Advertisement

    हालसम्म सुरुङमार्गको भौतिक प्रगति ५७ दशमलव ५१ प्रतिशत सकिएको छ भने वित्तीय प्रगति ५१ दशमलव एक प्रतिशत रहेको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयकी इञ्जिनियर सविता ज्ञवालीले जानकारी दिइन् ।

    उनका अनुसार अहिले मुख्य टनेल भुइँ भागको एक हजार ८९ मिटर ढलान (इन्भर्ट) निर्माण सकिएको छ । दायाँबायाँ लेपन (लाइनिङ)को ८३४ मिटर काम सकिएको इन्जिनियर ज्ञवालीले बताइन्। उनका अनुसार अहिले सुरुङमार्ग भित्र २९२ मिटरमा लाइनिङको काम भइरहेको छ ।

    “सुरुङमार्गको तीन वटा बाइपासमध्ये पहिलो १५१ मिटर, दोस्रो १६१ मिटर र तेस्रो बाइपास १३० मिटर छ  । पहिलो बाइपासमा इन्भर्टको काम १४५ मिटर र १२४ मिटर लाइनिङको काम सकिएको छ । सुरुङमार्गको तेस्रो बाइपासमा इन्भर्टको काम १२५ मिटर र लाइनिङको काम ३० मिटर भइसकेको छ”, उनले भनिन् ।

    दुई लेनको मुख्य सुरुङमार्ग एक हजार ८९ मिटर लम्बाइको हुनेछ भने चौडाइ साढे १० मिटर र उचाइ करिब सात मिटर रहने छ । इन्भर्ट र लाइनिङको काम सकेपछि एक दुई महिनापछि लाइटिङ सञ्चार तथा सुरक्षा उपकरण जडानको काम सुरु गरिने आयोजना प्रमुख कृष्णराज अधिकारीले बताए ।

    उनका अनुसार सुरुङमार्गको मुख्य टनेलमा अत्यावश्यक कामका सवारीसाधन ओहोरदोहोर गर्न मिल्ने अवस्था बनेको छ । सुरुङमार्ग कार्य प्रगतिका बारेमा जनप्रतिनिधि, सुरक्षा निकाय तथा विभिन्न सरोकार भएका पक्षबाट नियमित अनुगमन हुँदै आएको छ ।

    सुरुङमार्गको कामलाई निर्धारित समयमा सम्पन्न गर्न/गराउन, जनप्रतिनिधिले गर्नुपर्ने आवश्यक सहयोगका अनुगमनमा आएको प्रतिनिधि सभाका सांसद ठाकुरप्रसाद गैरेले बताए ।

    सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरबाट एक हजार १२६ मिटर सुरुङमार्ग २०७९ सालदेखि निर्माण सुरु भएको हो । यो आयोजनअन्तर्गत मुख्य सुरुङको ‘ब्रेक थ्रु’ भइसकेको छ । सुरूङमार्ग पाँच वर्षमा सक्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख ४० हजारको लागतमा सुरु गरेको काम २०८३ सालमा सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना कार्यालयले जनाएको छ ।

    सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरबाट पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्रअन्तर्गत पर्छ  । सुक्खायाममा पनि धुले पहिरो खस्ने गरेकाले राजमार्गको यस खण्डलाई सुरक्षित बनाउन सुरुङमार्ग निर्माण गरिएको इन्जिनियर ज्ञवालीले बताए। उनका अनुसार यस सडक खण्ड प्रयोग गरी गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, पोखरा, बागलुङ तथा म्याग्दीसम्म यातायातका साधन चल्ने गर्छन् । रासस

    • सिद्धबाबा सुरुङमार्ग
    मङ्गलबार, असार ३१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    एलपी ग्यास अभावको जोखिम बढेपछि उपत्यकामा दैनिक २ सय ट्रक परिचालन
    बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश
    बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न ओली धादिङ तर्फ लागे
    भोटेकोशी बाढी : १ हजार १२७ शव फेला, ४ हजार ८५८ बेपत्ताको खोजी जारी
    बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द
    आज यी ठाउँमा हुने छ भारी वर्षा

    लोकप्रिय

    • १.
      चौरजहारीमा १२ भदौ मेलाबाट बचेको रकम बिरामीलाई आर्थिक सहयोग

    • २.
      रुकुम पश्चिममा मोटरसाइकल सहित युवक लाई खोलाले बगायो

    • ३.
      यो भोटेकोसीको बाढी मात्र होईन : पहिलो विश्वले नेपालमाथि गरेको जलवायु प्रहार हो

    • ४.
      रसुवा बाढी प्रभावितको उद्धार तथा राहतका लागि संयुक्त रुकुम यातायातद्वारा ५० हजार सहयोग

    • ५.
      पोखरामा भारी वर्षा , बच्चा सहित एक महिलालाई बगायो ।

    • ६.
      रसुवा बाढीपछि १२ रुकुमेली सम्पर्कविहीन, सांसद शर्मा भन्छन् ‘खोजी र उद्धारमा जुटेका छौं’

    भर्खरै

    • १.
      एलपी ग्यास अभावको जोखिम बढेपछि उपत्यकामा दैनिक २ सय ट्रक परिचालन

    • २.
      बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

    • ३.
      बाढीबाट प्रभावित क्षेत्रको अवस्था बुझ्न ओली धादिङ तर्फ लागे

    • ४.
      भोटेकोशी बाढी : १ हजार १२७ शव फेला, ४ हजार ८५८ बेपत्ताको खोजी जारी

    • ५.
      बाढी प्रभावित क्षेत्रका विद्यालय अनिश्चितकालीन बन्द

    • ६.
      आज यी ठाउँमा हुने छ भारी वर्षा

    • ७.
      भोटेकोशी बाढीः पोखरामा २१ शवको सनाखत

    • ८.
      चलचित्र “हितको माया”को विशेष प्रदर्शन सम्पन्न

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.