जाजरकोटको नलगाड नगरपालिकामा वालविकास शिक्षिकाहरुले तालाबन्दी गरेका छन् ।
Advertisement
आज सोमबार दिउँसो उनीहरुले आफुले पाउर्ने तलव नपाएको भन्दै नगरपालिकाको कार्यालयमा तालावन्दी गरेको नलगाड नगरपालिकाका सूचना अकिारी लालबहादुर खत्रीले जानकारी दिएका छन् ।
बालबिकास तहमा कार्यरत शिक्षकहरुले नगरपालिकाबाट ७ हजार रुपैयाँ र संघीय सरकारबाट १० गरेर १७ हजार रुपैयाँ पाउनु पर्ने ब्यवस्था छ । तर नलगाड नगरपालिका भित्र कार्यरत शिक्षकले संघीय सरकारको पैसा पाएको र स्थानीय सरकारले लामो समयसम्म तलव नदिए पछि पालिकामा ताला लगाइएको हो ।