दाङ । बबई नदिमा डुबेर दुइजना युवक बेपत्ता भएका छन् ।
Advertisement
बबई गाउँपालिकाको पुरन्धारा छहरा नजिकै पौडी खेल्ने क्रममा आज तुलसीपुरका कुशल बुढामगर र विधान केसी डुबेर बेपत्ता भएको इप्रका खिलतपुरले जनाएको छ ।
प्रहरीका अनुसार दुवैजना कलेज पढ्ने विद्यार्थी हुन् । बेपत्ता भएकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।