• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, चैत ०८, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

नेपाली कांग्रेसले हार,जित दुवै स्वीकार्दै आत्मसमिक्षा गर्नुपर्छ : नानु बास्तोला

दुई राष्ट्रिय दल प्रमुख सचेतक सुविधाबाट वञ्चित

आज ह्वातै घट्यो सुनको मूल्य, एकै दिन साढे १२ हजार घट्यो

बुटवल–नारायणगढ सडक अझै अवरुद्ध, यात्रु बाटोमै अलपत्र

टिपर दुर्घटनामा चालकसहित चार जनाको मृत्यु

टिप्पर दुर्घटनामा चार जनाको मृत्यु ।

घोराहीको सैघामा विद्युत विस्तार ।

उज्यालो सडकको मधुर यात्री

रुकुम पूर्वमा भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

लोकप्रिय समाचार

  • १. नेता मान बहादुर नेपालीले गरे काँग्रेस त्यागेको घोषणा

  • २. रुकुममा पार्टीले काँग्रेस नै नभएका व्यापारी लाई टिकट दियो – मान बहादुर नेपाली

  • ३. चौरजहारीका मेयर वादीले कर्मचारी सँग घुस मागेको भन्दै अख्तियारले तोक्यो १ लाख जरिवाना

  • ४. सांसदका लागी सिफारिस गरिएको नेपालीको नाम लिष्ट बाट रातारात गायब?

  • ५. इनिशाको शव १० दिनदेखि अस्पतालमै

  • ६. कांग्रेस सभापति पदबाट गगन थापाले दिए राजीनामा

  • ७. हावाहुरीको कारण दुईको मृत्यु पाँच घाइते ।

  • ८. इनिशा विक हत्या प्रकरण: दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

  • ९. राजनीतिमा त्याग, निष्ठा र इमानदारी भन्दा पैसाको प्रभाव बढेको असन्तुष्टि राख्दै ओलिले त्यागे राजनीति

  • १०. डोल्पामा बोलेरो जिप दुर्घटना चालकको मृत्यु

खेत सुक्दै गए, किसान रोइरहे , पानीको अभावमा रोपाइँ अलपत्र, सरकार मुखदर्शक


  •   आइतबार, असार २९, २०८२ मा प्रकाशित
  • साउन लाग्दै गर्दा पनि सप्तरीका सयौं हेक्टर खेतहरू अझै सुक्खै छन्। धानको बीउ तयार भए पनि खेतमा पानी छैन। किसान मूकदर्शक बनेर आकाशतिर हेरिरहेका छन्। बर्खाको भरमा जिउधन लगाउने कृषकहरू यस वर्ष वर्षा नआएपछि र सरकारी सहयोग नपाएपछि निराश छन्। तर, स्थानीय जनप्रतिनिधि भने आश्वासनको खोल ओढेर चुप छन्।

    Advertisement

    सप्तकोशी नगरपालिका–१० का किसान ललित यादव भन्छन्,
    “पाँच कट्ठा खेत तयार छ, बीउ उम्रिसक्यो। तर पानी छैन। नहर बिग्रेको छ, नगरपालिका चुप छ। खेतमा होइन, मनमा भिजेको आँसुको पानी मात्रै छ अहिले।”

    यस वर्ष असारभर राम्ररी वर्षा नहुनु र वैकल्पिक सिँचाइ योजनाहरू निष्क्रिय रहनु समस्या बन्यो। अधिकांश ठाउँमा सिंचाइका नहरहरू क्षतिग्रस्त छन्, पम्पसेट छैनन्, कुलोमा झार मात्र उब्जिएको छ। किसानहरू पालैपालो वडाध्यक्ष, प्रमुख र सांसदसम्मको ढोका ढकढक्याउँछन्, तर सुनुवाइ छैन।

    धेरै पैसा योजनामा, तर पानी छैन खेतमा

    सप्तकोशी नगरपालिकाले यो वर्ष करोडौं रुपैयाँ विकास योजनामा विनियोजन गर्‍यो। पर्खाल, गेट, मोटरेबल सडक र रंगीन बोर्डहरूमा बजेट खर्च भइरहेछ। तर खेतमा पानी पुर्‍याउने कुनै कार्यक्रम देखिन्न।

    सप्तकोशी–११ को कृषक सुरेश मण्डल भन्छ्न,
    “धान रोप्न नपाएर बीउ सुक्न लागिसक्यो। हामी किसानलाई यो भन्दा ठूला यातना केही हुँदैन। योजनाको फोटो फेसबुकमा देखिन्छ, तर खेतमा पानी छैन।”

    नगरपालिकाले ‘कृषिमा आधुनिकीकरण’ भनेर बजेट राखे पनि त्यो देखावटी साबित भएको छ। सोलारपम्प, डिप बोरिङ वा कुलो मर्मतजस्ता जीवन्त योजना अझै फाइलमा अल्झिएका छन्।

    कृषिमा उपेक्षा, भाषणमा ‘किसान देशको मेरुदण्ड’

    चुनावी भाषणमा किसानलाई देशको मेरुदण्ड भनिन्छ। तर जब खेत सुक्छ, किसानको आवाज सुनिँदैन। महंगीले छुनै नसक्ने रासायनिक मल, ढिलो हुने बीउ वितरण, अव्यवस्थित सिँचाइ प्रणाली र अनुत्तरदायी जनप्रतिनिधिको मिलेमतोमा किसानको भविष्य सुक्दै गएको छ।

    किसान रामदेव मण्डलको भनाइमा,
    “जब पानी आउँदैन, रोपाइँ रोकिन्छ। जब रोपाइँ रोकिन्छ, ऋण थिच्छ। अनि हामी रोउछौँ — सरकार सुनुँदैन।”

    अब किसान आन्दोलनको तयारीमा

    पानी माग्दै किसानहरूले आन्दोलन गर्ने तयारीमा छन्। किसान राजु मण्डल भन्छन्,
    “सप्तकोशीमा गेट त बन्यो, तर खेत सुक्यो। अब पानीको व्यवस्था नभए नगरपालिका घेरिन्छ।”

    “किसान रोएर होइन, बोलेर अधिकार लिन्छ। आन्दोलन नगरी पानी आउँदैन भन्ने अवस्था बनाइएको छ । अर्का एक किसान नेताको चेतावनी

    नगर प्रमुखसँग प्रश्न गर्दा उहाँले भन्नुभयो “कृषि अनुदानमार्फत सिँचाइ उपकरण ल्याउने सोच बनाउँदैछौँ। किसानहरूले धैर्य गर्नुहोस्।”
    तर स्थानीय किसानहरू भन्छन्, “अहिले चाहिएको पानी हो, आश्वासनले रोपाइँ हुँदैन।”

    समाधान नदिने हो भने, किसान सडकमै आउँछन्

    कृषि विज्ञहरूको चेतावनी छ —
    यदि तत्काल वैकल्पिक सिँचाइको व्यवस्था नगरिए, उत्पादनमा व्यापक गिरावट आउँछ, जसको असर खाद्य सुरक्षादेखि स्थानीय अर्थतन्त्रसम्म पर्छ, जनप्रतिनिधि र सरकार अझै मौन छन्।
    किसान खेततिर हेरिरहेका छन् — सरकार सडकमै बोल्ने दिनको प्रतीक्षामा।

    • रोपाई अलपत्र
    आइतबार, असार २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली कांग्रेसले हार,जित दुवै स्वीकार्दै आत्मसमिक्षा गर्नुपर्छ : नानु बास्तोला
    दुई राष्ट्रिय दल प्रमुख सचेतक सुविधाबाट वञ्चित
    आज ह्वातै घट्यो सुनको मूल्य, एकै दिन साढे १२ हजार घट्यो
    बुटवल–नारायणगढ सडक अझै अवरुद्ध, यात्रु बाटोमै अलपत्र
    टिपर दुर्घटनामा चालकसहित चार जनाको मृत्यु
    टिप्पर दुर्घटनामा चार जनाको मृत्यु ।

    लोकप्रिय

    • १.
      नेता मान बहादुर नेपालीले गरे काँग्रेस त्यागेको घोषणा

    • २.
      रुकुममा पार्टीले काँग्रेस नै नभएका व्यापारी लाई टिकट दियो – मान बहादुर नेपाली

    • ३.
      चौरजहारीका मेयर वादीले कर्मचारी सँग घुस मागेको भन्दै अख्तियारले तोक्यो १ लाख जरिवाना

    • ४.
      सांसदका लागी सिफारिस गरिएको नेपालीको नाम लिष्ट बाट रातारात गायब?

    • ५.
      इनिशाको शव १० दिनदेखि अस्पतालमै

    • ६.
      कांग्रेस सभापति पदबाट गगन थापाले दिए राजीनामा

    भर्खरै

    • १.
      नेपाली कांग्रेसले हार,जित दुवै स्वीकार्दै आत्मसमिक्षा गर्नुपर्छ : नानु बास्तोला

    • २.
      दुई राष्ट्रिय दल प्रमुख सचेतक सुविधाबाट वञ्चित

    • ३.
      आज ह्वातै घट्यो सुनको मूल्य, एकै दिन साढे १२ हजार घट्यो

    • ४.
      बुटवल–नारायणगढ सडक अझै अवरुद्ध, यात्रु बाटोमै अलपत्र

    • ५.
      टिपर दुर्घटनामा चालकसहित चार जनाको मृत्यु

    • ६.
      टिप्पर दुर्घटनामा चार जनाको मृत्यु ।

    • ७.
      घोराहीको सैघामा विद्युत विस्तार ।

    • ८.
      उज्यालो सडकको मधुर यात्री

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.