• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, असोज २६, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

बूढीगण्डकी नदीमा भीषण बाढी: बस्ती, होटल र विद्यालयमा क्षति, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

भारतमा आन्दोलन चर्किए नेपालमा आर्थिक संकटको जोखिम : जेनजी अगुवा हमाल

गाउँ रित्तिनुको पिडा: विकास, अवसर र जवाफदेहिताको प्रश्न?

सुर्खेतका तीन स्थानबाट १८ नाल भरुवा बन्दुक बरामद

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौँ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

लोकप्रिय समाचार

  • १. गाउँ रित्तिनुको पिडा: विकास, अवसर र जवाफदेहिताको प्रश्न?

  • २. प्रहरी हिरासतमै कुटिए वडा अध्यक्ष छानबिन र कारबाहीको माग

  • ३. भारतमा आन्दोलन चर्किए नेपालमा आर्थिक संकटको जोखिम : जेनजी अगुवा हमाल

  • ४. राष्ट्रसेवकलाई काम गर्न अवरोध गरेको आरोपमा आठबिसकोटका वडाध्यक्ष पक्राउ

  • ५. भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौँ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

  • ६. रास्वपाले रुकुम पश्चिममा सुरु गर्यो ‘हामी आउँदै छौँ’ अभियान

  • ७. देशैभर मौसम परिवर्तन: आज कहाँ-कहाँ हुँदैछ भारी वर्षा?

  • ८. दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा

  • ९. दशैको मुखैमा बाढीपहिरोले यी मुख्य सडक अवरुद्ध

  • १०. न्यू सफल ग्लोबल कन्सल्टेन्सीका सञ्चालक पाण्डे पक्राउ

खेत सुक्दै गए, किसान रोइरहे , पानीको अभावमा रोपाइँ अलपत्र, सरकार मुखदर्शक


  •   आइतबार, असार २९, २०८२ मा प्रकाशित
  • साउन लाग्दै गर्दा पनि सप्तरीका सयौं हेक्टर खेतहरू अझै सुक्खै छन्। धानको बीउ तयार भए पनि खेतमा पानी छैन। किसान मूकदर्शक बनेर आकाशतिर हेरिरहेका छन्। बर्खाको भरमा जिउधन लगाउने कृषकहरू यस वर्ष वर्षा नआएपछि र सरकारी सहयोग नपाएपछि निराश छन्। तर, स्थानीय जनप्रतिनिधि भने आश्वासनको खोल ओढेर चुप छन्।

    Advertisement

    सप्तकोशी नगरपालिका–१० का किसान ललित यादव भन्छन्,
    “पाँच कट्ठा खेत तयार छ, बीउ उम्रिसक्यो। तर पानी छैन। नहर बिग्रेको छ, नगरपालिका चुप छ। खेतमा होइन, मनमा भिजेको आँसुको पानी मात्रै छ अहिले।”

    यस वर्ष असारभर राम्ररी वर्षा नहुनु र वैकल्पिक सिँचाइ योजनाहरू निष्क्रिय रहनु समस्या बन्यो। अधिकांश ठाउँमा सिंचाइका नहरहरू क्षतिग्रस्त छन्, पम्पसेट छैनन्, कुलोमा झार मात्र उब्जिएको छ। किसानहरू पालैपालो वडाध्यक्ष, प्रमुख र सांसदसम्मको ढोका ढकढक्याउँछन्, तर सुनुवाइ छैन।

    धेरै पैसा योजनामा, तर पानी छैन खेतमा

    सप्तकोशी नगरपालिकाले यो वर्ष करोडौं रुपैयाँ विकास योजनामा विनियोजन गर्‍यो। पर्खाल, गेट, मोटरेबल सडक र रंगीन बोर्डहरूमा बजेट खर्च भइरहेछ। तर खेतमा पानी पुर्‍याउने कुनै कार्यक्रम देखिन्न।

    सप्तकोशी–११ को कृषक सुरेश मण्डल भन्छ्न,
    “धान रोप्न नपाएर बीउ सुक्न लागिसक्यो। हामी किसानलाई यो भन्दा ठूला यातना केही हुँदैन। योजनाको फोटो फेसबुकमा देखिन्छ, तर खेतमा पानी छैन।”

    नगरपालिकाले ‘कृषिमा आधुनिकीकरण’ भनेर बजेट राखे पनि त्यो देखावटी साबित भएको छ। सोलारपम्प, डिप बोरिङ वा कुलो मर्मतजस्ता जीवन्त योजना अझै फाइलमा अल्झिएका छन्।

    कृषिमा उपेक्षा, भाषणमा ‘किसान देशको मेरुदण्ड’

    चुनावी भाषणमा किसानलाई देशको मेरुदण्ड भनिन्छ। तर जब खेत सुक्छ, किसानको आवाज सुनिँदैन। महंगीले छुनै नसक्ने रासायनिक मल, ढिलो हुने बीउ वितरण, अव्यवस्थित सिँचाइ प्रणाली र अनुत्तरदायी जनप्रतिनिधिको मिलेमतोमा किसानको भविष्य सुक्दै गएको छ।

    किसान रामदेव मण्डलको भनाइमा,
    “जब पानी आउँदैन, रोपाइँ रोकिन्छ। जब रोपाइँ रोकिन्छ, ऋण थिच्छ। अनि हामी रोउछौँ — सरकार सुनुँदैन।”

    अब किसान आन्दोलनको तयारीमा

    पानी माग्दै किसानहरूले आन्दोलन गर्ने तयारीमा छन्। किसान राजु मण्डल भन्छन्,
    “सप्तकोशीमा गेट त बन्यो, तर खेत सुक्यो। अब पानीको व्यवस्था नभए नगरपालिका घेरिन्छ।”

    “किसान रोएर होइन, बोलेर अधिकार लिन्छ। आन्दोलन नगरी पानी आउँदैन भन्ने अवस्था बनाइएको छ । अर्का एक किसान नेताको चेतावनी

    नगर प्रमुखसँग प्रश्न गर्दा उहाँले भन्नुभयो “कृषि अनुदानमार्फत सिँचाइ उपकरण ल्याउने सोच बनाउँदैछौँ। किसानहरूले धैर्य गर्नुहोस्।”
    तर स्थानीय किसानहरू भन्छन्, “अहिले चाहिएको पानी हो, आश्वासनले रोपाइँ हुँदैन।”

    समाधान नदिने हो भने, किसान सडकमै आउँछन्

    कृषि विज्ञहरूको चेतावनी छ —
    यदि तत्काल वैकल्पिक सिँचाइको व्यवस्था नगरिए, उत्पादनमा व्यापक गिरावट आउँछ, जसको असर खाद्य सुरक्षादेखि स्थानीय अर्थतन्त्रसम्म पर्छ, जनप्रतिनिधि र सरकार अझै मौन छन्।
    किसान खेततिर हेरिरहेका छन् — सरकार सडकमै बोल्ने दिनको प्रतीक्षामा।

    • रोपाई अलपत्र
    आइतबार, असार २९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार
    बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो
    गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड
    नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै
    बूढीगण्डकी नदीमा भीषण बाढी: बस्ती, होटल र विद्यालयमा क्षति, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह
    भारतमा आन्दोलन चर्किए नेपालमा आर्थिक संकटको जोखिम : जेनजी अगुवा हमाल

    लोकप्रिय

    • १.
      गाउँ रित्तिनुको पिडा: विकास, अवसर र जवाफदेहिताको प्रश्न?

    • २.
      प्रहरी हिरासतमै कुटिए वडा अध्यक्ष छानबिन र कारबाहीको माग

    • ३.
      भारतमा आन्दोलन चर्किए नेपालमा आर्थिक संकटको जोखिम : जेनजी अगुवा हमाल

    • ४.
      राष्ट्रसेवकलाई काम गर्न अवरोध गरेको आरोपमा आठबिसकोटका वडाध्यक्ष पक्राउ

    • ५.
      भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौँ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

    • ६.
      रास्वपाले रुकुम पश्चिममा सुरु गर्यो ‘हामी आउँदै छौँ’ अभियान

    भर्खरै

    • १.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • २.
      बूढीगण्डकीमा भीषण बाढी : आरुघाट-धादिङ जोड्ने पक्की पुल बगायो

    • ३.
      गड्डाचौकी नाकामा चाडपर्व मनाउन घर फर्किनेको भीड

    • ४.
      नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्री देवीको विधिपूर्वक पूजाआराधना गरिँदै

    • ५.
      बूढीगण्डकी नदीमा भीषण बाढी: बस्ती, होटल र विद्यालयमा क्षति, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

    • ६.
      भारतमा आन्दोलन चर्किए नेपालमा आर्थिक संकटको जोखिम : जेनजी अगुवा हमाल

    • ७.
      गाउँ रित्तिनुको पिडा: विकास, अवसर र जवाफदेहिताको प्रश्न?

    • ८.
      सुर्खेतका तीन स्थानबाट १८ नाल भरुवा बन्दुक बरामद

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.