• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, साउन ०३, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रुकुम पश्चिममा बस र स्कार्पियो ठोक्किएर दुर्घटना

आज बढ्यो सुनको मूल्य

जंगली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु

प्रेमिकासँग विवाह गराइदेउ भन्दै २४ वर्षीय युवक ८० मिटर अग्लो टावरमा चढेपछि…

“यात्राको अर्को अध्याय” -सपना न्यौपाने

आज यी ठाउँमा हुनेछ भारे वर्षा, सतर्क रहन आग्रह

श्रीलंकामा ‘हेन्ड्स अफ एसिया’ सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने, एसियाली कम्युनिस्ट आन्दोलन आवश्यकता छ

देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

आजदेखि नयाँ आर्थिक वर्ष सुरू, के के मा बढ्यो कर ?

लोकप्रिय समाचार

  • १. श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

  • २. अस्थायी टहरामा पहिरो पस्दा एक जनाको मृत्यु, दुई घाइते

  • ३. आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

  • ४. सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?

  • ५. गणेश नेपाली प्रकरणमा रवि किरण हमाल: “जनविश्वास गुमाउने सरकारले बहुमत राख्न सक्छ, तर नैतिक वैधता गुमाउँछ”

  • ६. फेरी अर्का युवाले गरे आत्मदाहको प्रयास ,अवस्था गम्भीर

  • ७. आज बढ्यो सुनको मूल्य

  • ८. श्रीलंकामा ‘हेन्ड्स अफ एसिया’ सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने, एसियाली कम्युनिस्ट आन्दोलन आवश्यकता छ

  • ९. आज यी ठाउँमा भारी वर्षा हुने

  • १०. “यात्राको अर्को अध्याय” -सपना न्यौपाने

आफ्नै खर्च गरेर मादल बजाउन सिक्दै पाल्पाकी महिला


  •   शनिबार, असार २८, २०८२ मा प्रकाशित
  • पाल्पाको रामपुर नगरपालिका–५ स्थित बेझाडका महिलाले आफैँ खर्च जुटाएर बाद्यवादनसम्बन्धी सीप सिक्न थालेका छन् । कला, संस्कृति संरक्षण र पुस्तान्तरण गर्ने उद्देश्यले यहाँका १० जना महिलाले बाद्यवादनसम्बन्धी सीप सिक्न थालेका हुन् ।

    Advertisement

    शिवकुमारी वाग्लेलाई मादलमा हात कसरी राख्ने भन्ने थाहा थिएन । गाउँघरमा अरुले लय निकालेर मादल बजाएको देख्दा आफूलाई पनि बजाउने रहर लाग्ने गरेको सुनाउँदै उनले १० जनाले संयुक्त रूपमा खर्च उठाएर मादल बजाउने सीप सिक्न थालेको जानकारी दिईन् । यसले कला, संस्कृतिको संरक्षण हुनुका साथै पुस्तान्तरणमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरिन् ।

    ‘यसअघि सीप सिक्ने इच्छा हुँदाहुँदै पनि उचित वातावरण थिएन । सानैदेखिको मादल बजाउने रहर अहिले आएर पूरा भएको छ । घरमा अहिले प्रायःजसो मादलका धुन गुञ्जिन्छ । मादल बजाउने कार्यमा एक किसिमको आदत जस्तै बनिसकेको छ,’ा वाग्लेले भनिन् ।

    सङ्गीत एउटा मन भुलाउने माध्यम हो भन्दै छोराछोरी बढ्दै गएपछि आफ्नो पेसामा व्यस्त हुँदा मादल बजाउने सीपले घरमा एक्लोपन हुन नदिएको वाग्लेले धारणा राखिन् । बा‘द्यवादन सिकेपछि अहिले घरमा सङ्गीत चलिरहन्छ, यसले मनलाई आनन्द दिनुका साथै समयको सदुपयोग र शरीर फुर्तिलो बन्दै गएको छ,’– उनले भनिन् ।

    मादलबाहेक अन्य बाद्यवादनका सीप पनि सिक्दै जाने योजना रहेको उनले बताईन् । बाद्यवादनतिर लाग्न थालेपछि मोबाइलको प्रयोग कम, अनावश्यक रूपमा खर्चिने समयको सदुपयोग र शारीरिक कसरत पनि भइरहेको वाग्लेले बताईन् ।

    गाउँमा अरुले थरीथरीका ताल निकालेर मादल बजाएको देख्दा सरिता अर्याल गैरेलाई पनि आफूले त्यसरी नै मादल बजाउने रहर थियो । आफ्नो मनभित्रका रहर अहिले पूरा हुन थालेका उनले बताईन् । मादलमा हात राम्ररी चलाउन नजान्ने गैरे अहिले थरीथरीका ताल निकालेर बजाउछिन् ।

    ‘सङ्गीतमा रुची धेरै छ, गाउँमा सङ्गीत सिक्ने पाठशाला छैन । पहिलेदेखिको रहर अहिले आफ्नै लगानीमा भएपनि सीप सिकेर पूरा गरिएका छौँ, अब मादलबाहेक अन्य बाद्यवादन बजाउने सीप सिकेर एउटा कुशल बाद्यवादक बन्ने अठोट छ, त्यो सपना पूरा गर्ने कोशिसमा छु,’– उनले भनिन् ।

    तीज, विवाह, शुभकार्यमा गाउँघरमा युवा जनशक्ति कम हुँदै जादा मादल बजाउने व्यक्तिको अभावलाई परिपूर्ति गर्नका लागि महिलाहरु मिलेर सामूहिक रूपमा मादल बजाउने सीप सिकेको सीता सिग्देलले बताईन् । मादल तथा प्रशिक्षकको आफैंमा व्यवस्थापन गरेर करिब एक महिनासम्म मादल बजाउने सीप सिकेपछि अहिले सबैजसो लयमा बजाउन सक्ने भएको उनको अनुभव छ ।

    सीप सिकेपछि घरमा समय मिलाएर बजाउने र विभिन्न लयमा सिक्ने कार्य भइरहेको तुल्सी रेग्मीले उल्लेख गरे । घरमा मादल, हार्मोनियमलगायत विभिन्न थरीका बाद्यवादनका सामग्री रहेका भन्दै एक पटक सीप सिकेपछि विभिन्न लयमा बजाउन समस्या नभएको उनको अनुभव छ । उनले मादलसँगै हार्मोनियम, खैजडी, मुजुरालगायत बाद्यवादनका सामग्री बजाउने गरिरहेकी छिन् । घरमै बाद्यवादन भएकाले सो सामग्री व्यवस्थापनमा समस्या नभएको उनको भनाइ छ ।

    रामपुर बेझाड स्थित राधाकृष्ण मन्दिरमा दिउँसोको समयमा यहाँका महिलालाई ऋषि ढकालले प्रशिक्षकका रूपमा सीप सिकाएका हुन् । आफूले जानेको सीप सिकाउन पाउँदा उत्साहित भएको उनले बताए । सुरुमा सिकाउन गाह्रो भए पनि सहभागीले सिक्न थालेपछि सजिलो हुँदै गएको उनको अनुभव छ ।

    ‘सुरुमा कसरी सिक्नुहुन्छ होला ? भन्ने लागेको थियो, मादलमा हात राम्ररी राख्न थालेपछि विस्तारै सिक्दै जानुभयो । दश दिन मादलमा हात बसाल्नै समय लाग्यो, त्यसपछि विस्तारै तालमा बजाउने सीप सिकेपछि अहिले एउटा बाद्यवादकले जसरी नै मादल बजाउनु हुन्छ । छोटो समयमा पनि राम्रो सीप सिक्नुभएको छ”, प्रशिक्षक ढकालले भने ।

    मादलका लागि सिकारुलाई आठमात्राको ख्याली (जहाँ आठ प्रकारका ख्याली) बजाउन सिकाइने उनले जानकारी दिए । सहभागीले रत्यौली, पूजाआजा, भजनकीर्तनमा प्रयोग हुने मादलसम्बन्धी सीप हासिल गरेका प्रशिक्षक ढकालले उल्लेख गरे ।

    सानै उमेरदेखि बाद्यवादनमा लागेका ढकालले ‘भित्रदेखि सिक्छु’ भनेर लागियो भने सङ्गीत सिकाइ पूरा हुने आफ्नो अनुभव सुनाउछन् । उनी भजनकीर्तन, पूजाआजा, शुभकार्य, विभिन्न कार्यक्रमलगायत विभिन्न कार्यमा सहभागी भएर बाद्यवादकको काम गर्दै आएका छन् ।

    यहाँका महिलाले रत्यौलीमा प्रयोग हुने ख्याम्टा, झ्यारे भाकाको ताल, झ्याउरे भाकालगायत सीप सिकेका छन् । पहिला बाद्यवादन क्षेत्रमा पुरुषकै वर्चश्व हुन्थ्यो । अहिले युवा जनशक्ति गाउँमा बसोबास नगर्दा पुरुष बाद्यवादक पनि कम हुँदै जान थालेको अवस्थामा रत्यौली, पूजाआजा, भजनकीर्तनलगायत विभिन्न कार्यक्रममा महिलाले बाद्यवादकको काम गर्न थालेपछि संस्कृति संरक्षणका साथै पुस्तान्तरण भइरहेको स्थानीय बताउँछन् ।

    बाद्यवादनमा रुची भएका महिलालाई लक्षित गरेर सीप विकासको तालिम दिएमा कुशल बाद्यवादक उत्पादन हुने प्रशिक्षक ढकालले बताए । ‘बाद्यवादन एउटा मानव मन भुलाउने माध्यम हो । यसले सबैको मनलाई छोएको हुन्छ । त्यसकारण तल्लो तहदेखि सीप विकास गर्नका लागि यस्ता खालका कार्यक्रममा सम्वद्ध निकायले जोड दिनुपर्दछ,’– उनले भने ।

    शनिबार, असार २८, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुकुम पश्चिममा बस र स्कार्पियो ठोक्किएर दुर्घटना
    आज बढ्यो सुनको मूल्य
    जंगली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु
    प्रेमिकासँग विवाह गराइदेउ भन्दै २४ वर्षीय युवक ८० मिटर अग्लो टावरमा चढेपछि…
    “यात्राको अर्को अध्याय” -सपना न्यौपाने
    आज यी ठाउँमा हुनेछ भारे वर्षा, सतर्क रहन आग्रह

    लोकप्रिय

    • १.
      श्रीमान्‌को कुटपिटबाट श्रीमतीको मृत्यु

    • २.
      अस्थायी टहरामा पहिरो पस्दा एक जनाको मृत्यु, दुई घाइते

    • ३.
      आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक यादवको उपचारका क्रममा निधन

    • ४.
      सेकेन्डमा काम’ भन्ने सरकारलाई सांसद गोपाल शर्माको प्रश्न: जनताको काम गर्ने सेकेन्ड कहिले आउँछ?

    • ५.
      गणेश नेपाली प्रकरणमा रवि किरण हमाल: “जनविश्वास गुमाउने सरकारले बहुमत राख्न सक्छ, तर नैतिक वैधता गुमाउँछ”

    • ६.
      फेरी अर्का युवाले गरे आत्मदाहको प्रयास ,अवस्था गम्भीर

    भर्खरै

    • १.
      रुकुम पश्चिममा बस र स्कार्पियो ठोक्किएर दुर्घटना

    • २.
      आज बढ्यो सुनको मूल्य

    • ३.
      जंगली च्याउ खाएर बिरामी भएका एक जनाको मृत्यु

    • ४.
      प्रेमिकासँग विवाह गराइदेउ भन्दै २४ वर्षीय युवक ८० मिटर अग्लो टावरमा चढेपछि…

    • ५.
      “यात्राको अर्को अध्याय” -सपना न्यौपाने

    • ६.
      आज यी ठाउँमा हुनेछ भारे वर्षा, सतर्क रहन आग्रह

    • ७.
      श्रीलंकामा ‘हेन्ड्स अफ एसिया’ सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने, एसियाली कम्युनिस्ट आन्दोलन आवश्यकता छ

    • ८.
      देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको चेतावनी

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.