काठमाडौँ । डिभिजन वन कार्यालय जाजरकोटका प्रमुख अमरप्रसाद शाहमाथि कार्यकक्षमा कुटपिट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
Advertisement
कुटपिटको आरोपमा भेरी नगरपालिका-७ का नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वका कार्यकर्ता विराजन शाहीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी निरीक्षक हरिराम डाँगीले जानकारी दिए ।
प्रमुखमाथि शाहीसहितको समूहले केही दिन अघि कार्यकक्षमा गएर कुटपिट गरेका थिए। उनलाई शुक्रबार बिहान नलगाड नगरपालिका-१० रावत गाउँबाट पक्राउ गरेको डाँगीले बताए ।