• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

काठमाडौंमा ‘शी जिनपिङ थट अन पार्टी बिल्डिङ’ सम्बन्धी विचार गोष्ठी सम्पन्न

पोखरामा पर्यटकको मृत्यू

सुनसरी गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री गुरुङले लिनुपर्छ : रवि किरण हमाल

सुनसरी घटना : मृतकको संख्या २ पुग्यो

सुनसरीमा तनाव बढ्यो, कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारी सडकमा

सुनको मूल्य बढ्यो

पहिरामा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

बाढी र पहिरोले दर्जनबढी मुख्य सडक अवरुद्ध

लोकप्रिय समाचार

  • १. अर्थमन्त्रीको शिक्षा स्वास्थ्यमा कर नीतिमा प्रधानमन्त्री बालेनको कैँचि

  • २. कर्णाली प्रदेशमा नेकपा बाट मंगल बहादुर शाही मुख्यमन्त्री बन्ने पक्का

  • ३. फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच: लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा

  • ४. गोंगबुको एक होटलमा युवती मृत फेला: दुई जना पक्राउ

  • ५. सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

  • ६. तपाई जागिरको खोजिमा हुनुहुन्छ ? अब बाँदर हेरेरै कमाउनुस् महिनाको १२ हजार ५००

  • ७. सामान्य फोन विवादमा खुकुरी र छुरीसहित आक्रमण प्रयास गर्ने चार युवक पक्राउ

  • ८. राति सुतेका आमा-छोरा बिहान मृत भेटिए

  • ९. प्राधिकरणको कार्यकारी प्रमुखमा उप्रेती ,जाजरकोट भूकम्पको पुननिर्माण गर्ने प्रतिवद्धता

  • १०. लाहोर यात्रा : जहाँ इतिहासले मन जित्यो, आतिथ्यले हृदय छोयो

आठबिसकोट ७ को नयाँ प्रशासनिक भवन उद्घाटन

"आज देखि नयाँ भवन बाट सेवा प्रवाह "

  •   शुक्रबार, असार २७, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिमको आठबिसकोट नगरपालिका– ७ मा नवनिर्मित वडा कार्यालयको प्रशासनिक भवनको आज एक कार्यक्रमबीच उद्घाटन गरिएको छ। आठबिसकोट नगरपालिकाका नगरप्रमुख रवि केसीले रिबन काटेर भवन उद्घाटन गरेका हुन्।

    Advertisement

    एक करोड २५ लाख लागतमा वडा कार्यालयको भवन निर्माण गरेको हो । बाँकी घेराबार, अन्य संरचनाका लागि रु ५० लाख लगानी गरिएको उनले बताए । उनका अनुसार घेराबार र अन्य बाँकी संरचना निर्माण हुन बाँकी छन् ।

    साढे दुई तलाको १५ कोठे भवनको निर्माण सम्पन्न भएपछी आज उद्घाटन गरिएको हो । उद्घाटन कार्यक्रममा नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, जनप्रतिनिधि, स्थानीय नागरिक तथा विभिन्न सरकारी निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

    आठबिसकोटका प्रमुख प्रशासकीय अधिकृत राजेश गौतमले प्रशासनको हिसाबले हेर्दा कार्यालयको भौतिक पूर्वाधार बलियो हुनु भनेको सेवाको गुणस्तर बढाउनु हो। जनताको अपेक्षा अनुसारका सेवा प्रवाह गर्न यस किसिमका पूर्वाधारले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

    २०८० माघ २ गते सम्झौता भएको सो भवन ०८२ असार १५ गते निर्माण सम्पन्न भएको हो । उक्त भवन न्यु विके बिल्डर्स एण्ड सप्लायर्सले निर्माण गरेको हो । भवन निर्माण पछि स्थानीय सेवा प्रवाह थप सहज र प्रभावकारी हुने वडाध्यक्ष अमृत बुढाले जानकारी दिएका छन्। अब वडाका सम्पुर्ण कामकाज नयाँ प्राशासनिक भवन बाट हुने वडा कार्यालयले जनाएको छ । वडा अध्यक्ष बुढाले भने, आजको यो विशेष अवसरमा हाम्रो वडावासीका तर्फबाट म सबैलाई हार्दिक स्वागत र धन्यवाद ज्ञापन गर्न चाहन्छु।

    वडावासीको लामो प्रतिक्षा र हाम्रो साझा प्रयासबाट यो वडा कार्यालय निर्माण सम्पन्न भएको छ। अबदेखि नागरिकहरूले जन्मदर्ता, नागरिकता सिफारिस, विभिन्न सेवा प्रमाणपत्रजस्ता कार्यहरू यहींबाट सहजै लिन सक्नेछन्।

    हाम्रो लक्ष्य भनेको सेवा प्रवाहमा पारदर्शिता, तत्परता र जनमैत्रीता कायम गर्नु हो। यस कार्यालयबाट हामी अझ नजिकबाट जनताको सेवामा समर्पित रहनेछौं।यस कार्यमा प्रत्यक्ष–परोक्ष सहयोग गर्ने नगरप्रमुखज्यू, सम्पूर्ण नगरकार्यपालिका, इञ्जिनियर, निर्माण टोलि र नागरिकहरूप्रति म आभार प्रकट गर्दछु।

    कार्यक्रममा नगर उपप्रमुख धन कुमारी शाहीले गुणस्तरिय रुपमा भवन निर्माण सम्पन्न भएको र अब वडा कार्यालय बाटै सेवा प्रवाह हुने हुदा सेवाग्राहीले थप सहजता पाउने बताईन्।

    नगरप्रमुख प्रमुख रवि केसीले उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै वडास्तरमै नागरिकले सहज रूपमा सेवा पाउने वातावरण तयार गर्नु नगरपालिकाको प्राथमिकता भएको बताए । प्रमुख केसीले भने, आजको यो ऐतिहासिक अवसरमा नव–निर्मित वडा कार्यालयको उद्घाटन गर्न पाउँदा म अत्यन्तै हर्षित छु। यो भवन केवल इँटा र सिमेन्टको संरचना होइन, यो हाम्रो सेवा, प्रतिबद्धता र पारदर्शिताको प्रतीक हो। अबदेखि यहाँका नागरिकहरूले आफ्ना सेवा सुविधाहरू सजिलै, सहजै र छिटो पाउनेछन्। हामीले जनताको घरदैलोमै सेवा पुर्‍याउने लक्ष्यसहित यो कार्यालय निर्माण गरेका हौं। यो कदम समृद्ध र उत्तरदायी स्थानीय शासनतर्फको एउटा महत्वपूर्ण पाइला हो।

    भवन उद्घाटन कार्यक्रममा बिभिन्न राजनीतिक दलका प्रतिनिधि शिक्षक, कर्मचारी तथा स्थानीयहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको सञ्चालन वडा सचिव मधुबाबु खडकाले गरेका थिए ।

    शुक्रबार, असार २७, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही
    काठमाडौंमा ‘शी जिनपिङ थट अन पार्टी बिल्डिङ’ सम्बन्धी विचार गोष्ठी सम्पन्न
    पोखरामा पर्यटकको मृत्यू
    सुनसरी गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री गुरुङले लिनुपर्छ : रवि किरण हमाल
    सुनसरी घटना : मृतकको संख्या २ पुग्यो
    सुनसरीमा तनाव बढ्यो, कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारी सडकमा

    लोकप्रिय

    • १.
      अर्थमन्त्रीको शिक्षा स्वास्थ्यमा कर नीतिमा प्रधानमन्त्री बालेनको कैँचि

    • २.
      कर्णाली प्रदेशमा नेकपा बाट मंगल बहादुर शाही मुख्यमन्त्री बन्ने पक्का

    • ३.
      फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच: लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा

    • ४.
      गोंगबुको एक होटलमा युवती मृत फेला: दुई जना पक्राउ

    • ५.
      सुतिरहेको बेला पहिरोले घर पुरिँदा ३ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

    • ६.
      तपाई जागिरको खोजिमा हुनुहुन्छ ? अब बाँदर हेरेरै कमाउनुस् महिनाको १२ हजार ५००

    भर्खरै

    • १.
      कर्णालीको पाँचौँ मुख्यमन्त्री बन्दै मंगलबहादुर शाही

    • २.
      काठमाडौंमा ‘शी जिनपिङ थट अन पार्टी बिल्डिङ’ सम्बन्धी विचार गोष्ठी सम्पन्न

    • ३.
      पोखरामा पर्यटकको मृत्यू

    • ४.
      सुनसरी गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री गुरुङले लिनुपर्छ : रवि किरण हमाल

    • ५.
      सुनसरी घटना : मृतकको संख्या २ पुग्यो

    • ६.
      सुनसरीमा तनाव बढ्यो, कर्फ्यु उल्लंघन गर्दै प्रदर्शनकारी सडकमा

    • ७.
      सुनको मूल्य बढ्यो

    • ८.
      पहिरामा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.