• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, चैत ०८, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

नेपाली कांग्रेसले हार,जित दुवै स्वीकार्दै आत्मसमिक्षा गर्नुपर्छ : नानु बास्तोला

दुई राष्ट्रिय दल प्रमुख सचेतक सुविधाबाट वञ्चित

आज ह्वातै घट्यो सुनको मूल्य, एकै दिन साढे १२ हजार घट्यो

बुटवल–नारायणगढ सडक अझै अवरुद्ध, यात्रु बाटोमै अलपत्र

टिपर दुर्घटनामा चालकसहित चार जनाको मृत्यु

टिप्पर दुर्घटनामा चार जनाको मृत्यु ।

घोराहीको सैघामा विद्युत विस्तार ।

उज्यालो सडकको मधुर यात्री

रुकुम पूर्वमा भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध

लोकप्रिय समाचार

  • १. नेता मान बहादुर नेपालीले गरे काँग्रेस त्यागेको घोषणा

  • २. रुकुममा पार्टीले काँग्रेस नै नभएका व्यापारी लाई टिकट दियो – मान बहादुर नेपाली

  • ३. चौरजहारीका मेयर वादीले कर्मचारी सँग घुस मागेको भन्दै अख्तियारले तोक्यो १ लाख जरिवाना

  • ४. सांसदका लागी सिफारिस गरिएको नेपालीको नाम लिष्ट बाट रातारात गायब?

  • ५. इनिशाको शव १० दिनदेखि अस्पतालमै

  • ६. कांग्रेस सभापति पदबाट गगन थापाले दिए राजीनामा

  • ७. हावाहुरीको कारण दुईको मृत्यु पाँच घाइते ।

  • ८. इनिशा विक हत्या प्रकरण: दोषीलाई कानुनी दायरामा ल्याउन पीडित परिवारको माग

  • ९. राजनीतिमा त्याग, निष्ठा र इमानदारी भन्दा पैसाको प्रभाव बढेको असन्तुष्टि राख्दै ओलिले त्यागे राजनीति

  • १०. डोल्पामा बोलेरो जिप दुर्घटना चालकको मृत्यु

बाँदर आतंक : किसानलाई बाली जोगाउनै मुस्किल


  •   बिहिबार, असार २६, २०८२ मा प्रकाशित
  • बागलुङ। बागलुङको जैमिनी नगरपालिका–५ की बिना थापाको हिजोआजको दैनिकी बाँदर धपाउँदै बित्छ । मकै बारी छेउमा घामपानी छेक्नलाई सानो छाप्रो बनाइएको छ । त्यही छाप्रोमा थापाको दिन बित्ने गरेको छ । थापाका साथमा एउटा लट्ठी, थाल र केही काठका टुक्राहरू हुन्छन् । बेलाबेला उनी थाल बजाउँदै चिच्याउँछिन् । यसरी चिच्याउँदा बाँदर बारीमा नआउने उनी बताउँछिन् ।

    Advertisement

    “यो थाल र लौरो त मेरो साथमा सधैँ हुन्छ, यहाँ थाल बजाएर हल्ला गर्‍यो भने बाँदर बारीमा आएर मकै खान्न, शान्त भएर बस्यो भने एक छिनमा ५०/६० वटा बाँदरको समूह आएर मकै एक छिनमा सखाप पार्छ”, थापाले भनिन्, “यति बेला मकैले कोसा हाल्न थालेको छ, बाँदर पस्यो भने त केही बाँकी राख्दैन, सबै च्यातेर नष्ट गरिदिन्छ ।”

    अब मकै नभित्र्याउँदासम्म बारीमै बास हुने उनले बताइन् । एक दशक अगाडिसम्म गाउँमा बाँदर फाटफुट आए पनि हालको जस्तो हुल नै नआएको थापाले स्मरण गरिन् । बारीमा गोठालो नबस्ने हो भने गाउँभरिको बारी एक दिनमै सखाप पार्ने अवस्था छ । बाँदर धपाउनका लागि अनेक जुक्ति अपनाए पनि त्यसले काम नगरेपछि हाल दैनिक बारीमै बस्ने गरेको थापाले सुनाइन् ।

    बिना जस्तै स्थानीय कुलबहादुर थापाले पनि आफ्नो दिन पनि बाँदर धपाउनैमा बित्ने गरेको बताए । खाना खान पनि पालो गरी खानुपर्ने अवस्था रहेको उनले सुनाए । “परिवारमा धेरै सदस्य हुनेलाई सहज भए पनि थोरै हुनेलाई गाह्रो छ । बाँदरका कारण हरेक वर्ष उत्पादन घट्ने गरेको छ । हामीलाई बाँदरले धेरै दुःख दियो । पहिले १२/१५ मुरी मकै फल्थ्यो, हाल बाँदरबाट जोगाउन सकियो भने पाँच/सात मुरी भित्र्याउने गरेको छु”, थापाले भने ।

    हाल जिल्लाका अधिकांश किसानको बारी छेउछाउमा ससाना त्रिपालका छाप्रा देखिन्छन् । छाप्रामा दैनिक एक–दुई जना बाँदर धपाउने कृषक पनि हुन्छन् । बाँदरका कारण गाउँका धेरै स्थानीयले बसाइसराइ गर्न बाध्य भएको सुनाउँछन् । जैमिनीमा बाँदर आतङ्क बढ्नुको मुख्य कारण बसाइसराइ रहेको नगर उपप्रमुख हरिहर शर्माले बताए । आफूहरूले बाँदर नियन्त्रणका लागि अघिल्लो वर्षदेखि नै बाँदर पार्क बनाउने गरी योजना बनाएको उनले जानकारी दिए । अब बाँदरबाट प्रभावित किसानलाई पनि राहत दिने गरी योजना बनाइने उपप्रमुख शर्माले सुनाए ।

    काठेखोला गाउँपालिका–१ का नरबहादुर पुनले बर्खामा मात्रै नभएर हिउँदमा पनि बाँदरले दुःख दिने गरेको बताए । घरको आँटीमै पुगेर अन्न खाइदिने र सामान फुटाइदिने गरेको उनको दुखेसो छ । हाल बाँदर मान्छेसँग पनि डराउन छोडेका पुनले सुनाए । “पहिले बाँदर मान्छे देख्यो भने भागिहाल्थ्यो, हाल त उस्तै परे कोपार्न र लड्न आउँछन् । गाउँमा मान्छेभन्दा बाँदरको सङ्ख्या धेरै हुन थाले, छरछिमेकी पनि अब गाउँमा बस्न सकिँदैन भन्दै सहर बजार झरे । हाम्रो बजार झर्ने धन पनि छैन, यहीँ बाँदरसँग लड्दै बस्नुबाहेक अरू विकल्प छैन”, उनले भने ।

    जैमिनीबाट पछिल्लो दुई वर्षमा मात्रै ४८२ परिवारका एक हजार ७०९ जनाले गाउँ छोडेका छन् । तथ्याङ्कअनुसार विसं २०८० मा २६३ परिवारका ९४७ जनाले बसाइसराइ गरेका छन् भने २०८१ मा २१९ परिवारबाट ७६२ जनाले गाउँ छोडेका छन् । दुई वर्षको अवधिमा २६ घरपरिवारका ८६ जना बाहिरबाट जैमिनी आएको नगरपालिकाले जनाएको छ । यस्तै, विसं २०८० मा नौ परिवारका ४२ जना र २०८१ मा १७ परिवारका ४४ जना जैमिनी आएका छन् । रासस

    • बाँदर आतंक
    बिहिबार, असार २६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली कांग्रेसले हार,जित दुवै स्वीकार्दै आत्मसमिक्षा गर्नुपर्छ : नानु बास्तोला
    दुई राष्ट्रिय दल प्रमुख सचेतक सुविधाबाट वञ्चित
    आज ह्वातै घट्यो सुनको मूल्य, एकै दिन साढे १२ हजार घट्यो
    बुटवल–नारायणगढ सडक अझै अवरुद्ध, यात्रु बाटोमै अलपत्र
    टिपर दुर्घटनामा चालकसहित चार जनाको मृत्यु
    टिप्पर दुर्घटनामा चार जनाको मृत्यु ।

    लोकप्रिय

    • १.
      नेता मान बहादुर नेपालीले गरे काँग्रेस त्यागेको घोषणा

    • २.
      रुकुममा पार्टीले काँग्रेस नै नभएका व्यापारी लाई टिकट दियो – मान बहादुर नेपाली

    • ३.
      चौरजहारीका मेयर वादीले कर्मचारी सँग घुस मागेको भन्दै अख्तियारले तोक्यो १ लाख जरिवाना

    • ४.
      सांसदका लागी सिफारिस गरिएको नेपालीको नाम लिष्ट बाट रातारात गायब?

    • ५.
      इनिशाको शव १० दिनदेखि अस्पतालमै

    • ६.
      कांग्रेस सभापति पदबाट गगन थापाले दिए राजीनामा

    भर्खरै

    • १.
      नेपाली कांग्रेसले हार,जित दुवै स्वीकार्दै आत्मसमिक्षा गर्नुपर्छ : नानु बास्तोला

    • २.
      दुई राष्ट्रिय दल प्रमुख सचेतक सुविधाबाट वञ्चित

    • ३.
      आज ह्वातै घट्यो सुनको मूल्य, एकै दिन साढे १२ हजार घट्यो

    • ४.
      बुटवल–नारायणगढ सडक अझै अवरुद्ध, यात्रु बाटोमै अलपत्र

    • ५.
      टिपर दुर्घटनामा चालकसहित चार जनाको मृत्यु

    • ६.
      टिप्पर दुर्घटनामा चार जनाको मृत्यु ।

    • ७.
      घोराहीको सैघामा विद्युत विस्तार ।

    • ८.
      उज्यालो सडकको मधुर यात्री

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.