रसुवा । नेपाल–चीन सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढी पहिरोमा फसेका ५७ जनाको उद्धार गरिएको छ। ति मध्ये हेलिकप्टरबाट ३० जना र टिमुरे इलाकासहितबाट २७ जनाको उद्धार गरिएको नेपाली सेनाले जनाएको छ।
Advertisement
बाढी पहिरोमा परी १८ जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा नेपाल प्रहरीका लालबहादुर श्रेष्ठ, मुन्ना ठाकुर र लोकेन्द्र बोहरा रहेका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार सम्पर्कविहीन हुनेहरुमा बर्दियाका जिपन चौधरी, सन्तोष दहित, बुद्धिराम थारु, लक्ष्मिनारायण थारु र सुरेश थारु तथा बागलुङका नरेश विक रहेका छन्।
यसैगरी सिन्धुपाल्चोकका फुर्वा लामा र ठेगाना नखुलेका गोविन्द मोक्तान र लोकमान तामाङ रहेका छन्। यस्तै ६ चिनियाँ नागरिकसमेत बाढी पहिरोमा परी सम्पर्कविहीन भएका छन्।