जाजरकोटको डिभिजन वन कार्यालयका प्रमुख अमरप्रसाद शाहलाई कार्यकक्षमै कुटपिट गरिएको छ । आज आइतबार कार्यालय समयमै कार्यकक्षमै अज्ञात समूहले शाहलाई कुटपिट गरेको हो।
Advertisement
शाहले आफ्नो कार्यकक्षभित्र काम गरिरहेका बेला ३-४ जनाको समुहले उनलाई कुटपिट गरेको बताईएको छ । कार्यालयको सिसिटिभि फुटेजमा देखिएको दृश्य अनुसार शाह माथि एक्कासी हातपात भएको देखिन्छ ।
शाह माथि कुटपिट गर्नेको पहिचान नखुलेको र उनीहरुलाई पहिचान गर्न आवश्यक कारबाही अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । यस अघि प्रमुख शाह सहित सोही कार्यालयमा जिल्लाका प्रमुखहरुको मदिरा पाटी भनेर एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।