आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशी तुलसीको बोट रोप्ने दिने आज सनातन धर्मावलम्बी आँगनमा तुलसीको बोट रोपेर एकादशी मनाउँछन ।
एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको बिरुवा हरिशयनी एकादशीका दिन सार्ने परम्परा छ।
आयुर्वेदिक औषधिका रूपमा समेत तुलसीको उपयोग गरिन्छ। धेरै अक्सिजन फ्याँक्ने वनस्पतिका रूपमा तुलसीको महत्त्व छ।