• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
मङ्गलबार, बैशाख २२, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

संसद्को अधिवेशन २८ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

अब कर्मचारीले राजनीतिक गतिविधि गर्न नपाउने

जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी

आज यी ठाउँमा वर्षाको सम्भावना

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

नेपाललाई भारतको जवाफ : लिपुलेक मार्ग दशकौँदेखि चल्दै आएको बाटो हो, कुनै नयाँ विकास होइन

आज यी ठाउँमा भारी वर्षाको सम्भावना

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

  • २. आठबिसकोटमा जीप दुर्घटना

  • ३. एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

  • ४. रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

  • ५. अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

  • ६. सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

  • ७. सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग

  • ८. हिंसापीडित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाज द्वारा बालबालिकालाई निःशुल्क शैक्षिक सामग्री वितरण

  • ९. आठबिसकोटमा पुनर्निर्माणको पहिलो किस्ता माग, तत्काल काम अगाडी बढाउन ध्यानआकर्षण

  • १०. जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो

रुकुम पश्चिमको चौरजहारी घटना: युटुवरहरु द्वारा पीडित परिवारको गोपनीय भङ्ग हुने गरी भिडियो प्रसारण

"महासंघ सहित चार पत्रकार संगठनहरुको आपत्ति "

  •   शनिबार, असार २१, २०८२ मा प्रकाशित
  • रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका-३ स्थित आफ्नै श्रीमानले खुकुरी प्रहारबाट श्रीमतीको हत्या गरेको विषयलाई अतिरञ्जित गरिएको भन्दै पत्रकार महासंघ रुकुम पश्चिम र बिभिन्न प्रेस संगठनहरुले आपत्ति जनाएका छन्।

    Advertisement

    घटना पछि अहिले युटुवर र सामाजिक सञ्जाल प्रयोगकर्ताले पीडित परिवारको गोपनीयता, भावनात्मक अवस्था र सम्मानप्रति गम्भीर आँच आउने गरी भिडियो तथा तस्विर सार्वजनिक प्रसारण गरिरहेका छन्।

    पीडितको गोपनीयता भङ्गहुने गरी केही सामाजिक सञ्जाल प्रयोगकर्ता एवम् सञ्चारमाध्यमले घटनालाई सनसनीपूर्ण बनाउँदै, पीडितको तस्बिर, व्यक्तिगत विवरण तथा भावुक विवरण अत्यधिक ढङ्गले प्रकाशन प्रसारण गरेको भन्दै जिल्ला स्थित नेपाल पत्रकार महासंघ , प्रेस युनियन नेपाल , प्रेस चाैतारी , नेपाल प्रेस सेन्टर र समाजवादी प्रेस संगठन रूकुम पश्चिमले एक प्रेस विज्ञप्ति मार्फत घटना लाई अतिरञ्जित नपार्न आग्रह गरिएको छ ।

    यस्तो छ प्रेस विज्ञप्ति

    हाम्रो देश नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा परिणत भइसकेपछि महिलाहरूको हक र अधिकारलाई संविधानले विशेष प्राथमिकता दिएको छ । नेपालको संविधान २०७२ मा महिलाका पक्षमा कानुनी अधिकार र प्रावधानहरू लिपिबद्ध गरिएका छन् । तर पनि यही मिति २०८२ साल असार १७ गते राती रुकुम पश्चिमको चौरजहारी नगरपालिका वडा नम्बर ३ टाटागाउँमा ३२ वर्षीय श्रीमान् चन्द्रबहादुर बुढाथोकीले आफ्नी ३० बर्सिया श्रीमती देवीका बुढाथोकी माथि खुकुरी प्रहार गरी हत्या गरेको घटनाले सम्पूर्ण नेपाली समाजलाई स्तब्ध बनाएको छ।

    यस्तो अमानवीय, बीभत्स र पाशविक घटनाले हाम्रो समाजमा अझै पनि लैङ्गिक असमानता, महिला हिंसा र क्रूरता विद्यमान रहेको पुष्टि गर्छ।

    जिल्लाका पत्रकार संघसंगठन र नेपाल पत्रकार महासंघ यो जघन्य हत्याको कडा शब्दमा निन्दा गर्दछ । महिलामाथि हुने यस्ता हिंसात्मक घटनाहरूलाई सामाजिक, कानुनी र नैतिक हिसाबले पूर्ण अस्वीकार गर्दै महासंघ न्यायिक प्रक्रियामार्फत आजीवन कारावासको सजाय दिलाउन र पीडित परिवारलाई शीघ्र न्याय दिन सरकारसँग जोडदार माग गर्दछौँ । यस घटनाप्रति जिल्लास्थित पत्रकार संघसंगठन एवम् महासंघ पीडित परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै, यस्ता हिंसाका घटनामा राज्यले कठोर कदम चाल्नुपर्छ भन्ने हाम्रो स्पष्ट माग छ ।

    अपराधजन्य घटनाको सूचनामूलक र तथ्यमा आधारित समाचार सम्प्रेषण पत्रकारिता धर्मभित्र पर्छ । तर यस क्रममा पीडित परिवारको गोपनीयता, भावनात्मक अवस्था र सम्मानप्रति गम्भीर संवेदनशीलता अपनाइनु अत्यावश्यक हुन्छ । केही सामाजिक सञ्जाल प्रयोगकर्ता एवम् सञ्चारमाध्यमले घटनालाई सनसनीपूर्ण बनाउँदै, पीडितको तस्बिर, व्यक्तिगत विवरण तथा भावुक विवरण अत्यधिक ढङ्गले प्रकाशन प्रसारण गरेका छन्, जसले पीडित परिवारलाई थप पीडा पुर्‍याएको छ।

    यस प्रकारका कार्यहरूले पत्रकारिताको आचारसंहिता र मानव अधिकारको मर्ममाथि आघात पुर्‍याउने भएकाले महासंघ सम्बद्ध सम्पूर्ण सञ्चार माध्यम र पत्रकारहरूलाई यस्ता संवेदनशील घटनाको समाचार सम्प्रेषण गर्दा यथासम्भव मर्यादित, तथ्यपरक र पीडितप्रति संवेदनशील हुन स्पष्ट अनुरोध गर्दछ । यसका साथै प्रेस काउन्सिल नेपाललाई समेत यस्ता विषयमा अनुगमन गर्न, आवश्यक निर्देशन जारी गर्न र आवश्यक परेमा कारबाही प्रक्रिया अघि बढाउन आग्रह गर्दछ । जिल्लास्थित सरोकारवाला निकायले पनि गम्भीरता देखाउन आवश्यक छ । यस्ता अमानवीय गतिविधि तुरुन्त रोक्न सामूहिक माग गर्दछौँ ।

    देवकुमार ओली, उपाध्यक्ष, नेपाल पत्रकार महासंघ रूकुम पश्चिम
    कर्ण बिक, सचिव, प्रेस युनियन नेपाल रूकुम पश्चम
    परिचन्द्र खत्री, अध्यक्ष, प्रेस चाैतारी रूकुम पश्चिम
    मनिष खड्का, अध्यक्ष नेपाल प्रेस सेन्टर रूकुम पश्चिम
    भरत चन्द, अध्यक्ष, समाजवादी प्रेस संगठन रूकुम पश्चिम

    शनिबार, असार २१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर
    संसद्को अधिवेशन २८ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
    अब कर्मचारीले राजनीतिक गतिविधि गर्न नपाउने
    जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी
    आज यी ठाउँमा वर्षाको सम्भावना
    जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

    लोकप्रिय

    • १.
      आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

    • २.
      आठबिसकोटमा जीप दुर्घटना

    • ३.
      एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

    • ४.
      रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

    • ५.
      अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

    • ६.
      सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

    भर्खरै

    • १.
      रुकुमका निमित्त प्रमुख प्रशासकीय अधिकृत सहितका कर्मचारी विरुद्ध भ्रष्टाचार मुद्दा दायर

    • २.
      संसद्को अधिवेशन २८ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

    • ३.
      अब कर्मचारीले राजनीतिक गतिविधि गर्न नपाउने

    • ४.
      जागिर छाडेर बाख्रापालनमा रमाउँदै भुवानी

    • ५.
      आज यी ठाउँमा वर्षाको सम्भावना

    • ६.
      जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

    • ७.
      जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार

    • ८.
      नेपाललाई भारतको जवाफ : लिपुलेक मार्ग दशकौँदेखि चल्दै आएको बाटो हो, कुनै नयाँ विकास होइन

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.