बाराको जितपुरसिमरा उपमहानगरपालिकास्थित जगदम्बा स्टिल्सको भट्टीमा विस्फोट भएको छ । बुधबार राति करिब साढे ९ बजे भट्टीमा अकस्मात विस्फोट भएको हो ।
Advertisement
फलाम पकाउने भट्टीमा ठुलो आवाजसहित विस्फोट भएको स्थानीयले जनाएका छन् ।
इलाका प्रहरी कार्यालय सिमराका डीएसपी बेदप्रकाश जोशीले उद्योगको भट्टी पड्किएको पुष्टि गरे । विस्फोटको आवाजले आसपासको जमिनसमेत थर्किएको उनीहरूको भनाइ छ । घटनाबाट मानविय तथा भौतिक क्षति बारे खुलेको छैन्।