स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको स्वास्थ्यमा क्रमिक सुधार भएको छ।
Advertisement
वीर अस्पतालले जारी गरेको विज्ञप्तिमा अस्पतालका निर्देशक प्राडा दिलीप शर्माको नेतृत्वमा चिकित्सकको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको जनाइएको छ।
निर्देशक प्राडा शर्माले मन्त्री पौडेल ज्वरो आई अस्पतालमा भर्ना भएको र अहिले स्वास्थ्य सुधार भइरहेको बताए। मन्त्री पौडेलले थाइल्यान्डमा आयोजित कार्यक्रममा सहभागी भई स्वदेश फर्केलगत्तै यही असार १४ गते अस्पतालमा भर्ना भएका थिए।