आठबिसकोट । आठबिसकोट नगरपालिकामा सञ्चालित आयोजनाहरुको अनुगमन गरिएको छ । नगरपालिकाको वडा नम्वर ४ र ५ मा निर्माण भैरहेका योजनाहरुको शनिवार उपप्रमुख तथा योजना अनुगमनका संयोजक धन कुमारी शाहीको नेतृत्वमा अनुगमन गरिएको हो ।
Advertisement
नयाँडाडा देखि चित्रीपाटन सम्मको पदमार्ग , भवन र वडा नम्वर -४ को थारकेनी खानेपानी आयोजना को अनुगमन गरिएको हो । 
गोतामकोटको चित्रीपाटन सम्म जोड्ने पर्यटकीय पुर्वाधार अन्तर्गत पदमार्ग, भवन र खानेपानी आयोजना अनुगमनमा संयोजक धन कुमारी शाही, वडा नम्वर ५ का वडा अध्यक्ष घनश्याम भण्डारी, योजना शाखा प्रमुख जङ्ग बहादुर थामी , पुर्वाधार शाखा प्रमुख कमल बुढाथोकी, प्राविधिक सहजकर्ता बिरेन्द्र बटाला र वडा प्राविधिक मोहन केसीको टोलीले अनुगमन गरेको हो ।