आज नेपाली बजारमा सुनको मूल्य तोलामा २९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन तोलाको एक लाख ८९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
Advertisement
बिहीबार सुन प्रतितोला एक लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य समेत घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला २१ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी २१ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।