काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशन को प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको छ ।
Advertisement
आज बस्ने बोर्ड बैठकले नतिजा कहिले सार्वजनिक गर्ने भन्ने निर्णय गर्नेछ । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेको तर आज ५ बजे नै नतिजा सार्वजनिक हुने भन्ने यकिन नभएको बताए ।
सामाजिक सञ्जालमा आजै नतिजा सार्वजनिक हुने भन्ने हल्ला आएपनी बोर्डले भने आजै हुने भनेर फिक्स नभएको बताएको छ । यसवर्षको एसइईमा पाँच लाख १४ हजार ७१ परीक्षार्थी सहभागी भएका थिए । गत वर्षको तुलनामा यस वर्षको परीक्षामा ४९ हजार २८६ जना बढी परीक्षार्थी सहभागी भएका हुन् । गतवर्षको एसइईमा चार लाख ६४ हजार ७८५ परीक्षार्थी सहभागी थिए ।