विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कोरोना संक्रमित ३९ वर्षीया महिलाको मंगलबार बिहान मृत्यु भएको छ। इलाम घर भएकी ती महिलालाई गम्भीर अवस्थामा उपचारका लागि बिहान ४:२० बजे अस्पताल ल्याइएको थियो तर बिहान ६ बजे आकस्मिक कक्षमै मृत्यु भएको हो।
Advertisement
उनलाई श्वासप्रश्वासमा समस्या र ज्वरो देखिएपछि सोमबार बिर्तासिटी अस्पतालमा परीक्षण गरिएकामा कोरोना संक्रमण पुष्टि भएको थियो।
शव प्रहरीमार्फत नियमअनुसार परिवारलाई जिम्मा लगाइएको छ। कोशी प्रदेशमा हालसम्म मृतकसहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ, र प्रहरीले संक्रमण बढिरहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।