आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा आज चाँदीको मूल्य भने बढेको छ।
Advertisement
गएको बिहीबार र शुक्रबार घटेको सुनको मूल्य आइतबार बृद्धि भएको थियो।
आइतबार तोलामा पाँचसय रुपैयाँ बढेको सुनको मूल्य आज एकलाख ९५ हजार दुईसय रुपैयाँमै स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गएको बिहीबार सुन तोलामा चारसय र शुक्रबार आठसय सय रुपैयाँ घटेको थियो।