रुकुम पश्चिम । नेकपा (माओवादी केन्द्र) को सहायक सङ्गठन योङ कम्युनिस्ट लिग (वाइसिएल) नेपाल रुकुम पश्चिमको पदाधिकारी बैठकले नयाँ पालिका ईन्चार्जहरु तोकेको छ । आईतबार मुसिकोटमा बसेको पदाधिकारी बैठकले जिल्लाका ६ वटा पालिकाहरुमा ईन्चार्ज तोकेको हो ।
वाइसियल रुकमु पश्चिमका अध्यक्ष एल. बि. कटुवालका अनुसार मुसिकोट नगरपालिका ईन्चार्जम राजु बिक, चौरजहारी नगरपालिका ईन्चार्जमा रेशम क्षेत्री र आठबिसकोट नगरपालिका ईन्चार्जमा विजय बिक, बाँफिकोट, सानीभेरी र त्रिवेणी गाउँपालिका ईन्चार्जमा देव बहादुर पुन, सन्तोष बिक र गणेश चन्दलाई तोकिए हो ।
Advertisement
यसका साथै बैठकले डिजिटल ब्लड बैंक स्थापना गर्ने ,
मनसुनजन्य विपदका घटनाहरुमा सहायताका लागि वाइसियल परिचालन गर्ने र वाइसियल नेपाल कार्यकर्ता सहायता कोष स्थापना गर्ने निर्णय गरेको अध्यक्ष कटुवालले बताए।