काठमाडौँबाट नेपालगन्जतर्फ आउँदै गरेको ३८ जना यात्रु बोकेको भे १ ख ४०८५ नम्बरको बस गएराति करिब ११ बजेतिर पूर्वी नवलपरासीको दुम्किबासस्थित विनयी खोलाको बाढीले बगाएको छ ।
Advertisement
बस बाढीले बगाए पछि त्यसमा सवार सबै (तीनजना शिशुसहित ३८ जना)यात्रुको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी डीएसपी मधु नेपालले जानकारी दिए।