आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका स्थित राडीबजारमा नगरपालिकाले छड्के अनुगमन गरिको छ । सोमबार आज दिउँसो राडीबजारमा सञ्चालित पसलहरुबाट अवैध रुपमा विक्रिवितरण भैरहेका मदिरा , म्याद नाघेका खाद्यान्न तथा जङफुड जफत गरिएको हो । आठबिसकोट नगरपालिकाको छड्के अनुगमनका क्रममा बजार क्षेत्रहरुका पसलहरुबाट मदिरा , खाद्यान्न तथा सुर्तीजन्य पदार्थ जफत गरिएको हो
। 
त्यस्तै दर्ता / नविकरण नभएका पसलहरुबाट २० हजार रुपैयाँ जरिवाना गरिएको अनुगमन समितिले जनाएको छ । “बजार अनुगमन, नियमनसँगै खाद्य वस्तुको परीक्षण गर्न अनुगमन गरेका छौँ । निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश गौतमले जानकारी दिए । बजार‑अनुगमन कार्यक्रमलाई अझ व्यवस्थित र परिणाममुखी बनाउने उदेश्यले अनुगमन गरिएको गौतमले बताए ।
अनुगमन समितिले गुणस्तरहीन र अवैध रूपमा आयात गरिएका खाद्य , जङफुड, मदिरा सामाग्री नियन्त्रणमा कडा कदम चालेको नगर उपप्रमुख एवम् अनुगमन समितिका संयोजक धन कुमारी शाहीले जानकारी दिईन्। शाहीका अनुसार म्याद गुज्रीएका १ सय ३७ बोरा चामल जफत गरिएको जानकारी दिईन्। बजार अनुगमनमा अग्रपंक्तिमा उभिएर सक्रिय रूपमा निरीक्षण, नियन्त्रण र उपभोक्ता सुरक्षा सुनिश्चित गर्न लागि परेको शाहीले बताईन्। बजार अनुगमन लाई निरन्तरता दिने र आगामी दिनमा थप प्रभावकारी ढंगले अनुगमन गरिने उपप्रमुख शाहीले बताईन्।
अनुगमनका क्रममा सिस्ने हिमाल कुसारी पसलबाट म्याद गुज्रीएका २३ पोखा दालमोठ , भुजा ९ पोका , कुरकुरे ३ पोका, सिरिस, सगुन दालमोठ ७२ पोका, बिजुली चुरोट ७ पोका, दाल २ बोरा र सल्यानी खड्का पसलबाट १ सय ३७ बोरा चामल, आवि स्टोर बाट हजमोला ४ डिब्बा मेहन्दी १३, शर्मिला किराना पसलबाट करेन्ट चाउचाउ १ , लक्की स्टोर / भाग्यलक्ष्मी स्टोर बाट बिस्कुट ११ पोका, सुर्ती ६ पोका, मिठाई २ पोका र न्यु सल्यानी रेखा होटलबाट बाह्रसिङ्गे बियर २ वटा , बिष्ट किराना स्टोर बाट ब्रीज फल्याभरी ४ पेटी , सिग्नेल रक्सी ७ वटा, साटासाट २६ वटा जफत गरिएको जनाईएको छ । राडीबजारका पसलहरुबाट करिब २ लाख ५० हजार रुपैयाँ बराबरको मालसामान जफत गरिएको बताईएको छ ।

अनुगमनमा नगरपालिकाका शाखा प्रमुखहरु, कर्मचारी, ईलाका प्रहरी कार्यालय आठबिसकोटका प्रमुख प्रहरी निरीक्षक गणेश खनाल , नगर प्रहरी र पत्रकारको टोलि सहित अनुगमन गरिएको हो ।