आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -१२ मा एक विद्यालयका शिक्षकले विद्यार्थीमाथि निर्घात कुटपिट गरेका छन् । बुधबार आक्चेकाफल स्थित श्री त्रीवेणी आधारभूत विद्यालयका शिक्षक धन बहादुर कुसारीले कक्षा ६ मा अध्ययनरत छात्रछात्रामाथि कुटपिट गरेका हुन् ।
शिक्षक कुसारीले सामूहिक रूपमा लाठीले कुटेपछि विद्यार्थी रुँदै घर फर्केका थिए । शिक्षकको कुटाइबाट छात्रछात्राको ढाड, खुट्टामा नीलडाम बसेको छ । शिक्षकले अन्धाधुन्ध आफ्ना छोराछोरीलाई कुटेपछि अभिभावकहरू अहिले बिधालयमा गएर छलफल गरिरहेका छन्।
शिक्षक कुसारीले आफ्ना छोरा राजेश केसी सहित छात्रछात्रालाई घाइते बनाएर घर पठाएको अभिभावक दिपा केसीले बताईन्। अभिभावकहरुले विद्यार्थीलाई कुटपिट गर्ने शिक्षकमाथि कारबाही हुनुपर्ने मागसमेत गरेका छन् । शिक्षकले विधार्थीलाई दिएको गृहकार्य नगरेर बिधालयमा आएपछी गृहकार्य गरेका बिधार्थीबाट शिक्षकले कुट्न लगाएका थिए ।
प्रधानाध्यापक डिल्ली घर्ती भन्छन, बुधवार म बिधालयमा उपस्थित थिएन्। बिधार्थी कुटिएका छन्। घटनाको छानबिन भैरहेको छ । सामान्य कुरा हो । यसलाई ठुलो इस्यु बनाउनु आवश्यक छैन्। प्रधानाध्यापक घर्तीका अनुसार अभिभावक लाई बोलाएर बिधालयमा छलफल भैरहेको बताए ।
पीडित विद्यार्थी राजेश केसीले भने विद्यार्थीको कुरा नसुनी प्रश्नको उत्तर नदिएको भन्दै उत्तर दिएका बिधार्थीबाट आफुलाई निलडाम हुनेगरी शिक्षकले कुटपिट गरेको पीडित विद्यार्थी बताउँछन् । ‘स्कुलमा राम्रोसँग पढाइ हुँदैन,’ पीडित विद्यार्थी केसीले भने, राम्रो सँग नपढेको कुराको कसरी उत्तर दिनु नजाने पछी हात र ढाडमा लठ्ठीले हान्न लगाउनुभयो , पढाउने वेलामा शिक्षकहरू मोबाइल चलाएर बस्नुहुन्छ ।’