अहिले सत्तारुढ नेकपा एमालेभित्र म ‘म झोले हो’ अभियान चलिरहे छ । अध्यक्ष केपी शर्मा ओलीदेखि कार्यकर्ता सम्म झोले अभियान चलेको हो । तर पूर्वसञ्चारमन्त्री बाँस्कोटाले भने झोले अभियानको पोस्टर नराखी फरक मत व्यक्त गरेका छन्।
एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले सबैतिर झोले कार्यक्रम चलेको बेला उनले आफ्नो झोले पोस्टर नराखेर छुट्टै धारणा राखेका छन्। भएको धारणा राखेका हुन्।
उनले भनेका छन्। म एमालेको कार्यकर्ता नै हुँ । मेरो विश्वासको मात्रै होइन । समाज बदल्ने क्रान्तिकारी सिद्धान्त छ ।
बास्कोटाले कुनै कुराले प्रमाणित गरिरहन नपर्ने भन्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘ज्यामितिमा स्वयमसिद्ध तथ्य हुन्छन्, त्यसलाई प्रमाणित गर्न पर्दैन। जस्तो कि दुई विन्दुलाई सरल रेखाबाट मात्र जोड्न सकिन्छ। त्रिभुजका आन्तरिक कोणको योगफल १८० डिग्री हुन्छ। राजनीतिमा पनि त्यही हो अर्थात् म एमाले कार्यकर्ता हुँ। त्यहाँ मेरो विश्वासको मात्र हैन, समाज नै बदल्ने क्रान्तिकारी सिद्धान्त छ।’