राष्ट्रिय स्वतन्त्र पार्टीका उदयपुर जिल्ला सभापति चित्रकुमार कार्कीलाई नेपालकै कान्छी संघीय सांसद तथा रास्वपा सचेतक निशा डाँगीले मेरा पिक हिमाल सफल आराेही कार्कीलाई सम्मान गरेकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी काेशी प्रदेश बैठकले निर्णय सहित विभिन्न विद्यामा गिनिज वल्र्ड रेकर्ड बनाउन सफल तथा हिमाल आराेही कार्कीलाई सांसद डाँगीले सम्मान गर्दै शुभकामना दिएकी हुन । कार्कीले मेरा पिक हिमालमा राष्ट्रिय झन्डा संगै घण्टीकाे झन्डा फराउन सफल भएका थिए ।
सभापति कार्की उदयपुर जिल्लामा सामाजिक काम संगै राजनीतिमा समेत सक्रिय युवा नेता हुन । कार्कीले सानैदेखि जिल्ला चिनाउन गाउँ चिनाउ केन्द्रसम्म देश चिनाउ विश्वसम्म भ्रष्टाचार मुक्त राष्ट्र निर्माण गराै लगाएतका नारा लिएर अभियान चलाउदै आएका युवा हुन ।
कार्कीले २०११ मा उल्टाे माेटरसाईकल यात्रा मेचीमहाकाली लगाएत थुप्रै साहासी काम गर्दै आएका छन् । सांसद डाँगीले शुभकामना दिदै अझै सकारात्मक सिर्जनशील काममा रेकर्ड बनाउन युवाहरूलाई प्रेरणादायी भुमिका खेल्न सुझाउनु भएको थियो । कार्यक्रममा माननीय सन्तोष परियार , माननीय असाेक कुमार चाैधरी,केन्द्रीय सहप्रवक्ता रमेश प्रसाईं ,काेशी प्रदेशका पदाधिकारी ,जिल्ला सभापतिहरूकाे उपस्थिति रहेको थियोे । शनिबार झापा स्थित आठराई हाेटलकाे सभाहलमा आराेही कार्कीलाई सम्मान भएको थियोे ।